Latest Post
Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

सांगीतिक गीत,गजल




नेपाली संगीतीक प्यास मेटाउना गजलका फूलहरुले केही गीत गजलहरु हजुरहरु सामु पस्किएको छ आश छ तपाइहरुलाई मान पर्ने छ । 


 

दिन पछि रात किन, अचम्मै परेँ म!














दिन पछि रात किन, अचम्मै परेँ म!
बिस्वास गर्दा घात किन,अचम्मै परेँ म!!

रगतमा छैन फरक, सबैको हो रातै !
ठुलो सानो जात किन, अचम्मै परेँ म!

गन्तब्यमा छोड्नुनै छ, एक्लै बनायर !
सुरुवातमा साथ किन , अचम्मै परेँ म!!

पिँठ पछि गालि गर्दै, छुरा पनि ताक्छौ!
मुखले चिल्ला बात किन, अचम्मै परेँ म!

खरानि घसि माग्न थाले, अल्छि नामर्दहरु!
दैव दियौ हात किन, अचम्मै परेँ म!

रिदम शिवराज
काँहु गाबिस ५ सिस्नेरि
पोखरा

 

हरेकदुख बरु मै बेसाउछु, भनेको यादआउछ बाबा



हरेकदुख बरु मै बेसाउछु, भनेको यादआउछ बाबा 
खुसीसग तलाई भेटाउछु, भनेको यादआउछ बाबा! 

मजदुरी र मेहनत गरी एक एक छाक खाएर पनी 
सुन्दर संसार देखाउछु,भनेको यादआउछ बाबा! 

प्रदेशमा पालेदाई भरिया भएर के नै हुन्छ र बाबु
तलाई लेखाउछु पढाउछु,भनेको यादआउछ बाबा! 

कसैको नसुनी प्रदेशिए बिरानो देश सबैपराई हुदा 
हरपल तलाई सघाउछु,भनेको यादआउछ बाबा! 

मेहनती पसिनाहरुको प्रदेशमा कहिलै कदर नहुदा 
स्वदेशमै ठाउमा टेकाउछु,भनेको यादआउछ बाबा! 

कुमार के.सी 
जगत अर्घाखाँची

 
More Here»»
More Here»»
More Here»»
More Here»»
 
Support : CHISAPANI NEPAL | MOHAN BIHANI | B.S PRITHAK
Copyright © 2011. गजलका फूलहरु - All Rights Reserved
Template Created by Website Published by Template
Proudly powered by Blogger