एकचिम्टी सिन्दुरमा
जीवन धानेकी छौ आमा ।
अनि बाले जे जे भन्छन
त्यही मानेकी छौ आमा।
प्रयोग गर्न पो पाइनौ
सिकेका ति कुराहरु ,
जान्न त तिमीले सबैथोक
जानेकी छौ आमा ।
यो महिनाको कमाई बाले
भट्टीमा सिध्याए की ?
ढिडोलाई सितान
गुन्द्रुक झानेकी छौ आमा ।
छोरीमात्र पाएको भनी
कुटपिट गर्दा पनि ,
श्रीमानलाई नै परमेश्वर
ठानेकी छौ आमा ।
हामीलाई खान दिएपछि
सधैँ भाँडा रित्तो हुन्छ ,
देख्छु भोको पेट
पटुकीले बानेकी छौ आमा ।
-सम्झना रेग्मी 'सानु'
|
|
Latest Post
Showing posts with label S. Show all posts
Showing posts with label S. Show all posts
एकचिम्टी सिन्दुरमा जीवन धानेकी छौ आमा ।
धोका दियौ आफ्नै मन मारेर जाँदै छु !
|
धोका दियौ आफ्नै मन
मारेर जाँदै छु !
कर्म भाग्य तिमि बाट
हारेर जाँदै छु !!
खै अब आउदिनभो आफन्तले
ठगे पछि
यहाँ बाट अन्तै बास
सारेर जाँदै छु !!
दैबले ने भेट्टाउदैनन्
आफ्नै संसार बनाउन
सातसमुन्द्र, खोला,नाला तारेर जाँदै छु !!
जिन्दगिभर छुट्टिनेछौ
सबै मेटाएर
जाने बेला तिम्रै जुठो
बारेर जादै छु
सुमी मन्जरी
बाग्मती साहित्य
प्रतिष्ठान,
काठमाडौँ
|
|

