Latest Post
Showing posts with label About Gazal. Show all posts
Showing posts with label About Gazal. Show all posts

नेपालीमा प्राथमिक कालिन गजलहरु शास्त्रीय छन्दमा नै लेखिएको थियो


गजल नेपाली साहित्यमा सर्बाधिक लोकप्रिय विधा स्थापित भैसकेको छ |गजल सम्बन्धि नियम जानेर या नजानेर गजलको
गजलका सामान्य नियममा आधारित रहेर गजल सिर्जना गर्नु निकै नै सजिलो छ तर शास्त्रीय बहरहरुमा निपुणता प्राप्त नभएका गजलकारहरुलाई शास्त्रीय बहरहरुमा गजल सिर्जना गर्नु जटिल बिषय हो |शास्त्रीय बहरमा गजल रचना गर्न रुक्न (गण) र अर्कान (गण संकेत वा गणहरुको मेल) को साथै बहरहरुको यथेस्ट जानकारी हुनु आबस्यक छ | नेपाली बहरमा गजल लेख्दा वा स्वनिर्मित छन्दमा गजल लेख्दा वर्णमात्रिक छन्दको आवस्यकता पर्दैन मात्रिक छन्द नै पूर्ण हुन्छ | मात्रलाई आधार मानेर पनि गजलहरु लेखिएका छन् |मात्रामा आधारित बहरहरुमा लयमा आबद्द गजलका शेरहरुको अक्षरको होइन ,मात्राको गणना हुन्छ |गजलमा मात्राको गणना गर्दा ब्याकरणको नियम अनिवार्य हुदैन | लेख्दा बकरणको नियम अनुसार लेख्ने र उच्चारण गर्दा लयलाई आधार मानी उपयुक्त ढंगले ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व गर्न सकिन्छ | यस्तो नियमलाई मात्रा गिरावटको नियम भनिन्छ |
सिर्जना गर्ने गजलकारको संख्या दिनानुदिन बढ्दो छ | बिभिन्न संचार माध्यमबाट गजलका नियमबारे सूचना साथै गोष्ठी , संगठन समारोह जस्ता बिभिन्न क्रियाकलापको प्रक्रिया पनि दिन प्रतिदिन बढ्दै गैरहेको छ |तिनै संचारका माध्यमबाट डा. कृष्णहरी बराल, मनु ब्राजाकीका अन्तरबार्ताहरु सुनेका पनि छौ | उहाहरु भन्नुहुन्छ गजललाई बहरमा लेखिएन भने कविता हुन्छ | यस्तो सिर्जनालाई गजल नभनिकन गजलको स्वरुपमा लेखिएको कविता भन्नु उपुक्त हुने उहाहरुको भनाइ छ |
शक्ति बिनाको दिल अभिलाषी
आशा लाग्ने बन्न प्रत्याशी
– डा. घनश्याम परिश्रमी
बास्तबमा लयुक्त उच्चार्य अक्षरको एकरुपता आफैमा एक प्रकारको छन्द हो | नेपालीमा प्राथमिक कालिन गजलहरु शास्त्रीय छन्दमा नै लेखिएको थियो |
बिस्तारमा ललिजन रावल ,मनु ब्राजाकी आदिले उच्चार्य अक्षरको एकरुपतालाई आधार बनाएर गजल लेख्न थाले | हाल अधिकांस गजलकारहरुले यहि परम्परालाई निरन्तरता दिनु भएको छ |यो नियम या पद्दति नया गजलकारहरुलाई सिक्ने सजिलो माध्यम पनि बनेको छ | नेपाली गजलमा प्रयोग गरिएका केहि शुत्र र गजल शेर :
१ चार चार अक्षरमा यति हुने ८ अक्षरको मिसरा
बिरामी छ माटो यहाँ -(४ x २ शुत्रको)
बिग्रको छ बाटो यहाँ
– डा घनश्याम परिश्रमी (घामको छहारीमा )
२ तीन तीन अक्षरमा यति हुने ६ अक्षरको मिसरा (३X २ शुत्रको )
सतायो भोकले
दुख्यो मन शोकले
छ खुद्रा मारमा
दबायो थोकले
– डा घनश्याम परिश्रमी (प्रतिभा -२०६१)
प्रजातन्त्र आ छ
जे भने नी भा छ
पराल हैन अचेल
गाईले मासु खा छ
– रबि प्रान्ज्वल (उही बाढी उही भेल )
३ पाँच पाँच अक्षरमा यति हुने १० अक्षरको मिसरा (५+५ शुत्रको)
एउटा साथी मारेर गयो
याद मुटुमा छरेर गयो
– राजेश्वर रेग्मी (झिझिल्का : गजलबिशेस)
प्रिय केहि त दिएर जाउ
फाटेको दिल सिएर जाउ
– सुमित्र वान्ग्देल चेली (गंगाजल )
पानी पर्ला झैं छ आज
मन मर्ला झैं छ आज
धेरै कोशिष गरें सहन
आँशु झर्ला झैं छ आज
– मनोज काफ्ले मनसुन (फेसबुक बाट )
४ चार चार अक्षरमा यति हुने १६ अक्षरको मिसरा (४X ४ शुत्रको)
ह्र्दयको अगेनामा फेरी आगो बाले हुन्छ
हुन्छ साथी अलि धेरै मट्टीतेल हाले हुन्छ
– मनु ब्राजाकी
नखोलेरै राखिएको बन्द यौटा खाम थियो
भित्र के के थियो कुन्नि बाहिर मेरै नाम थियो
– ललिजन रावल (बन्द एउटा खाम)
५ पाँच तीन छ अक्षरमा यति हुने १४ अक्षरको मिसरा (५+३+६ सूत्रको)
कामखोजीमा बालक रुन्छ शहरमा
रोएको धुन कसले सुन्छ शहरमा
-सन्तोष स्पन्दन (स्पन्दन -२०६४)
६ चार चार र पाँच अक्षरमा यति हुने १३ अक्षरर्को मिसरा (4x ४+५ सूत्रको )
सुनाउ की बाँसुरीको धुन हजुरलाई
चहान्छु म त्यो मुटुमा छुन हजुरलाई
-सरला जोसी (पत्रिका बाट)
यसरि अक्षरको सन्तुलन मिलाएर गजल निकै लेखिएका छन् |यस्ता गजलहरु गजलकार स्वयमले निर्माण गर्न सक्दछन | यसरी निर्माण गरिएको छन्दलाई नेपाली छन्द वा स्वनिर्मित बहर भनिन्छ | बहर निर्माण गर्दा एउटा मिसरामा कम्तिमा ६ अक्षर् देखि २० अक्षर सम्म हुनुपर्दछ | यसरी स्वनिर्मित बहर बनाउदा भने लयमा ध्यान दिनु आवस्यक छ भने मात्रा बहरमा १० मात्रा देखि ३२ मात्रा सम्म भएका मिसरा रचना गर्न सकिन्छ | यो त रह्यो नेपाली छन्द जसलाई हामी स्वयमले निर्माण गर्न सक्छौ तर यतिले मात्र पुग्दैन मात्रिक र वर्णमात्रिक छन्द दुबैको ज्ञान हुनु उत्तिकै आवस्यक छ |फारसी र संस्कृत निकट सम्बन्ध रहेको भाषा हुनाले छन्द र बहर बीच पनि सम्बन्ध छ | उदाहरारण :
नपर्खेर हुन्छ
नफर्केर हुन्छ
म भित्र छ बेग
नधर्केर हुन्छ
– सुनिल स्पन्दन (फेसबुक/ पल्लब पत्रिका)
माथिको मिसरा नपर्खेर हुन्छ (ISS ISS ) नेपाली पिंगल छन्दमा शङ्ख नारी छन्द अन्तर्गत पर्दछ | शास्त्रीय मान्यता अनुरुप फउलुन (ISS X २) बहरे मुतकरिब मुरब्बा सलिम अन्तर्गत पर्दछ |
छन्दशास्त्रमा ह्रस्वलाई लघु (I ) रा दीर्घलाई गुरु (S ) भनिन्छ|
गुरु -गुगुगु (SSS ) दीर्घ
जस्तै : आकार + ईकार+ ऊकार, एकार, ओकार, औकार अंकार रा अ:कार पर्दछन
उदाहरण :बिसर्ग लागेका अक्षर फूल ,नेपाली, समीप आदि
लघु -ल ल ल (III ) ह्रस्व
जस्तै :अकार , इकार, उकार आदि पर्दछन
उदाहरण : कलह ,कुकुर शिशिर आदि
शब्दको अन्तमा आउने हलन्त (खुट्टा काटिएको ) बर्ण भन्दा पूर्वको अक्षर लघु भएपनि दीर्घ मानिन्छ |
र हलन्त बर्णको गणना हुदैन
मित्रबत् – SIS
भन्छन् – SS
बस्छन् – SS
मिसरामा पाउको अन्तयमा पर्ने लघु मात्रालाई पनि गुरु मानिन्छ |यो नियम फारसी ,उर्दु र हिन्दी गजलमा भने लागु हुदैन | (डा .घनश्याम )
बढेको नदीमा पसे झैँ भए म
कतै अनयासै फसे झैँ भए म
म ( अकार) लघु हो तर माथिको मिसरको अन्तयमा म ले गुरु अर्थात् दीर्घ (s )को काम गरेको छ |
अन्तयमा गजल रदिफ काफिया र सामान्य नियमले मात्रै पूर्ण नहुने हुदा बहरबारे छोटो जानकारी खोजिमेली गरेको छु | आशा छ यहाहरुले सल्लाह सुझाब पक्कै पनि दिनुहुनेछ | अनि यो ट्रांस्लेट पद्दतिबाट लेखिएको हुदा ह्रस्व दीर्घ मा देखिएका त्रुटीप्रति क्षमा चहान्छु|
केहि छ्न्दोब्द्द गजलका शेरहरु :
हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा
- लेखनाथ पौड्याल (दशैं)
रातो चन्द्र र सुर्य जंगी निशान हाम्रो
जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो
- गोपाल रिमाल (जंगी निशान)
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन्
- मोतीराम भट्ट
मफाईलुन् क्ष४(ISSSX4) छन्द -विधाता
मान्छे किनबेच गर्ने पसल पनि देंखे
खराब मान्छे मात्र होइन असल पनि देंखे
- ललिजन रावल (सिरानीमा आँशु)
कसका लागि उन्न थाल्यौ आज फूलमालाहरु
गन तिमि फूलका थुंगा गन्दै छु म प्यालाहरु
-मनु ब्राजाकी (गजल गङ्गा )
उडाएर के भो सेता ती परेवाहरु
लडाईले रगतको खोलि चलेको छ
-कृष्ण पहारी (बारुदका धुँवाहरु)
अँधेरिमै हिड्छु बरु साथ नआउ जून
आधी बाटफर्क्योउ भने एक्लै पर्छ रुन
-दीपक समीप (भूगोल भित्र नकोरिएको देश)
बहरे मुतकारिब मुसद्द्स सलिम
फऊलुन X ३ (ISS X ३)
मेरो दिल/को धडकन / तिमी हौ
म बाँचेको जिबन तिमी हौ
- डा.धनु परिश्रमी (मधुपर्क)
बहरे मुतदारिक मुरब्बा सलिम
फाईलुन x २(SIS X २)
प्यारमै/हेलिएँ
हारमै /जेलिएँ
-गोर्खे साइलो (मुस्कान)
बहरे हजज मुसद्द्स महजुफ़ (पिंगल छन्द -सुमेरु )
फाईलातुन +फाईलुन (SISS +SIS )
आज मेरो मन दुख्यो
प्रेमले जीवन दुख्यो
- गोपाल अश्क
@खोजिमेली @
*डा घनश्याम परिश्रमी २०५६ गजलको सैदान्तिक चिनारी
* ललिजन रावल , बन्द एउटा खाम
*सन्तोष काफ्ले , स्पन्दन २०६४
* मधुपर्क , २०६८
* डा धनश्याम परिश्रमी, गजल सौन्दर्य मिमांशा
VIa -Intarnet
 

Rules for Writing Arabic Ghazals


Much of what is written about the ghazal as a poetic form in English is modelled after the Persian ghazal.
Agha Shahid Ali has propounded in great detail on how the Persian ghazal as a form can be adapted into English. Very little has yet to be written about adapting the Arabic form.
 
Yet, the Arabic form is known from before the 6th century AD. Therefore, it is much older than the Persian ghazal. The relationship between the two might be compared to the relationship between the Italian and the Spenserian sonnet.

In an attempt to remedy this deficit, I wish to present guidelines for the Arabic poetic form that can be adopted by poets writing in English.

There are two indispensable elements of a classical Arabic poem – `arûd (meter) and qâfiyah (end rhyme). In fact, the field of poetics has been traditionally called `ilm al-`arûd wal-qâfiyah (the science of meter and rhyme).

We will look at the essential conditions for each of these elements and how to best express them in English.


I. `Arûd (meter)

Arabic meters are quantitative, based on a succession of voweled and unvoweled consonants.[1] In English studies, we would be more familiar with looking at open and closed syllables, but the Arabic meter requires looking more precisely at the individual consonants themselves. These meters do not render themselves directly into English metrical forms.

There are, however, numerous metrical series offering a great variety of choices to the poet. Each metrical series, or bahr, defines an Arabic long line (bayt), which is comprised of two balanced hemistiches.

The following rules can be applied to approximate the Arabic meter in English verse:
The poet has the option to write in long lines, as is traditional, or in couplets if the poet wishes. (All further discussion will refer to the long line and its component hemistiches. A couplet simply presents each hemistich on a separate line.)

All the lines of a single Arabic poem must share the same meter. Each long line must have either a regular, fixed meter or at least a clearly audible metric or rhythmic uniformity. This latter concession is in light of the fact that Arabic meters can sound quite variable to the English ear, though still showing great rhythmic uniformity. In either case, it is absolutely essential that the line divides naturally into two balanced halves (hemistiches) that lend the long line a medial, metrical caesura, though the poet does not have to use the caesura syntactically. Indeed, the metrical caesura can occur in the middle of a word. It is entirely up to the poet whether she wants to highlight or obscure the caesura with the syntax.

The length of a verse’s hemistich should be no shorter than a trimeter and no longer than a heptameter. This means that if the poet is writing in accentual or accentual-syllabic verse, the hemistich will have at least three and no more than seven metrical accents. If the poet prefers to write in syllabic verse, the hemistich should have between six and fourteen syllables. Of course, all lines of a single poem will be strictly of the same length. If the poet opts for a freestyle rhythm, the long lines must still be roughly the same length, have roughly the same number of accents or syllables, and divide rhythmically into balanced halves.

The above rules may seem a bit rigid, but they are just as important to a poet aspiring to write in the “pure” form of an Arabic ghazal as the sher and radif are to a poet wishing to write in the “pure” form of a Persian ghazal.

Be adventurous. If the essence of the Persian ghazal is the autonomy of the sher – where each sher in the poem is like a pearl in a necklace – the essence of the Arabic form is in the bayt’s pronounced, exciting and long metrical rhythms.

Certainly, many an Arabic bahr comes across as sounding strongly iambic, and a poet will be faithful to the Arabic bayt by using a long iambic line of between six and fourteen metrical feet. However, more complex metrical patterns can and should be aspired to.

Though it is impossible to render the Arabic quantitative meters precisely into any accentual-syllabic line that could be useful for writing English poetry, a person who listens to Arabic poetry with an English ear will discern a number of clear accentual-syllabic patterns. The following are just to give an idea of what might be heard:
- / - - / - - / - - / -  ||  - / - - / - - / - - / -

/ - / - / - - / - / -  ||  / - / - / - - / - / -

- / - - / / - - / - - / / -  ||  - / - - / / - - / - - / / -

- - / - / - - / - /  ||  - - / - / - - / - /

- / - / / - / -  ||  - / - / / - / -

[Key:   - = unstressed syllable    / = stressed syllable    || = metrical caesura]
Each one of these sequences, and an infinite number of others, can be the metrical basis for a poem of any length. Of course, unless the poet wants a really sing-song or bouncy poem, these meters will have to be toned down and varied a bit. (We should remember that Arabic meters always sound a bit variable to an English ear.) Still, the poet can be as imaginative as possible in constructing the underlying metrical sense of the poem, and then apply the artistry of using the syntax to emphasize or play against the medial caesura to achieve various poetic objectives.


II. Qâfiyah (end rhyme)

The rhyme must be the same for each line of the poem (monorhyme).

Full rhyme, microrhyme, or other form of slant rhyme may be used. In the case of slant rhyme, it should not be so subtle as to obscure the consistency of the rhyming sound. The rhyme is an important unifying element of the poem.

It is a common and desirable practice – though not mandatory – that in the poem’s opening line, the first hemistich also takes the rhyme. In this case, the first line will have a clearly discernable syntactical pause at the hemistich.

Repeating the same rhyming word in successive lines of the poem should be strictly avoided except when there is a clear and overriding stylistic justification for it. The most acceptable justification for repetition is if the poem is praising God or pining for the beloved and the name of the subject is the rhyming word itself.

Radical enjambment between verses that pivots syntactically on the rhyming word should be the exception, not the rule. The rule should be at least a mild degree of syntactical autonomy for each long line. However, the complete autonomy of the long line is not important in the Arabic ghazal.


III. Examples of a Valid Bayt (long line) with Qâfiyah:

In the examples below, two short vertical line segments are used to indicate the division between the hemistiches. The rhyme is indicated in red. In all cases, the verses could be represented as couplets by dividing them into two lines at the hemistich.


Accentual-syllabic long lines:
How thrilling it is to receive such a token || of honour from one whose good name is oft spoken –
Whose victuals are not so much crabbed as they’re lobstered, || no carapace curled back concealing what’s hidden,
But stretched out quite plainly, obscuring no blemish || and shedding no shell in a manner unbidden;
So florid and fleshy, they’re justly applauded || the taste and good prepping that leave tongues quite smitten.
Unclawed and undeviled, the tails are more succu-||-lent, chopped off the living, and tasting like chicken.

Goblins minting coinages out of kilter...|| Treasure houses squandering gold and silver...
Elfin bankers’ empires running rampant...|| Knights and dragons bartering helter-skelter...
Wizard-summoned policies brew and conjure || royal edicts floundering left of centre...
Even Sir Philip Sydney can get into the act! –
And all with teares bedeawd, || and eyes cast vp on hie,
O help, O help ye Gods, || they ghastly gan to crie.

Tho with benign aspect || sometime didst vs behold,
Thou hast in Britons va-||-lour tane delight of old,

Syllabic long lines:[2]
How you’re degrading me. If you’re out to vex me || then beware, for as relentlessly I will be –
likewise I will be – bent on despairing of you, || and with equal or even sicker fervency.
Truly, had you been me – a perverse and twisted || and malignant take on myself admittedly –
you would have been far worse in your fabulous rage, || but too difficult to shove aside callously.

“Freestyle” long lines:[3]
don’t let the nights hold back what they despise || & embroil yourself in what randomness misconceives
absorb yourself in the stillness of the days || for the static of the universe perpetually flees
& be not a child permeable to simplicity || acting the part of a rigour that deceives
as if virtues have become rare in the microcosm || & you are loath that they are all one sees
reveal yourself as mean against those virtues || & expose them although misery reprieves

Staring down an Arabian road, a dusty, || hot and dry Arabian thoroughfare
Sandy desert, sterile pale brown, no || tree or greenery discernable anywhere
I can see ahead on the asphalt a || piece of paper catching the morning glare.
Perched on top I see quite distinctly a || mottled frog, contentedly sitting there.
I approach. The scrap of old paper is || just some refuse discarded without care,
But the frog reveals itself for a leaf, the || sort of leaf you find in its dark wooded lair
of late autumn on the ground in frosty || northern forests, stirring in mists so rare,
Tossing through the chill morning breeze as an || earthy, cool humidity fills the air.

IV. A Word on Stanzas

The pioneering poets who set themselves to the task of adapting Persian ghazals into English saw fit not only to write each hemistich on a separate line, but to present each set of two hemistiches (sher) as a separate stanza – a couplet. They were certainly correct in doing so. This is because the Persian ghazal poets, though they usually write both hemistiches on a single line, treat the hemistich poetically as a separate verse and the sher as an independent couplet.

By contrast, the Arab poets approach the hemistich as a verse only when and if they feel like it. The long line (bayt) is what matters to them, and they traditionally never grouped these into stanzas. Therefore, I believe the question of stanzas when writing English poems in the Arabic form is something best left to the poet’s discretion.

This is because using couplets as stanzas with a break between them is – for adapting the Arabic form – something totally arbitrary and contrived. It would be far more faithful to the Arabic form to set out the long lines stacked one on top of the other without any stanza breaks at all. The second most faithful would be to split the long line into two at the hemistich, but still stack the lines on top of one another without any stanza breaks.

I see no objection to setting an Arabic ghazal in the couplet form that English-language Persian ghazals are written in. However, once a poet is willing to make stanza breaks at all, the poet might as well make them wherever it seems appropriate, as long as the stanza break is not placed between the two hemistiches of a long line.


© 2007, David Jalajel


Notes
________________________________

[1] Arabic is a Semitic language, and like Hebrew, it does not write out its vowels. It only recognizes consonants as being actual letters. Vowels are referred to as “movement”. This is further complicated by the fact that Arabic has long vowels that are created by a vowel (movement) on a previous letter followed by an unvoweled (y) or (w), or an (alif). Arabs recognize these as being long vowels, and in poetics they make a distinction between them and other unvoweled consonants when it comes to rhyme (qâfiyah).

For instance, the ridf – a feature of certain qâfiyahs – must be a long vowel. However, for purely metrical considerations (`arûd), Arab poets recognize the long vowel merely as a voweled consonant followed by an unvoweled consonant.

[2] - [3] The syllabic example is actually a rather complex interpretation of an Arabic bahr known as wâfir. However, it comes across in English very much as a 24-syllable syllabic meter. Likewise, the example that begins “Staring freestyle sound.
 

गजल विधा

हुनलाई त यहाँ अर्थात यस वेभमा प्रकासितमध्य कुनै एक रचनामाथि हाम्रो तर्फबाट केही लेख्ने भनिएको थियो । तर आज मैले सम्झौतालाई थोरै उल्लंघन गर्दै कुनै एक रचनामाथि नभएर रचना विधाविशेष केही लेख्ने (सार्ने) मनसुवा राखें । नीयम आपत्ति जनाउने तपाईंहरुमा सुरु मै करजोरी क्षमा याचना ।
वर्तमानमा सहित्यका विधाहरुमध्य गजल विधामा पनि धेरै कलम चलिरहेको महसुस गर्न सकिन्छ । यस वेभसाइडमा पनि पछिलो समय गजल भनौँ या गजल भनिएर धेरै रचनाहरु आउने गरेका छन् । ति मध्य कति, गजल सम्रचना अन्तर्गत राखेर हेर्दा गजल देख्नलाई कता कता असजिलो महसुस हुने खाल्का रचनाहरु प्राप्त हुने गरेका छन् भने कतिमा त गजलको गन्धसम्म पनि पाइन्न । यसो भएकोले आज मलाई गजल बारेमा मैले बुझेँ भन्ने लागेका मेरा केही बुझाइहरु बुझाउने पुस्तकबाटै सारेर यहाँ राख्ने हुटहुटी जागेर आयो । यसको अर्थ तेसो होइन कि तपाईं विज्ञ श्रष्टाहरुको बुझाइलाई मैले कम आँकिरहेको छु । ठाडो भन्नु पर्दा, बाठो पल्टिएको हुइनँ । म गजलको साधरण पाठक, श्रोतामात्र हुँ । तपाईं स्रष्टाहरुको अगाडि म अल्पज्ञानी श्रोताले गजलबारे खोक्ने दुष्साहस गर्न सक्दिनँ । तेसो त आजको यो अति उत्तराधुनिक संसारमा भोगाइ, बुझाई, गराई सबैसबै आ-आफ्नै । अरुलाई छोडौँ । साहित्यमा भन्नु पर्दा विधाभञ्जन, अविधाहरु विधा बनेर आइरहेको बेला, विनिर्माण निर्माणको बेला, यो यसै हुनु पर्छ, यो यसरी नै देखिनु पर्छ, यो यसरी नै लेखिनु पर्छ, यो यसरी नै भनिनु पर्छ, यसरी नै सुनिनु, बुझिनु पर्छ भनेर भन्नु या भन्न खोज्नु पनि मुर्खता नै होला । तर स्याउ, स्याउ नै हो भने सुन्ताला, सुन्ताला नै हो । स्याउमा सुन्तालाको रस पाइन्न भने सुन्तालामा स्याउको स्वाद । अझै स्याउ, सुन्तालाको पनि आ-आफ्नै अरु थुप्रै थरी होलान् । जस्मा स्वादको विविधता अवश्य नै हुने भए । हो सुन्ताला र कागती क्रस गरेर मुन्ताला फलाए जस्तै अरु विभिन्नलाई क्रस गर्न सकिएला । जस्ले स्वाद, गुण, रुप थुप्रैमा नयापन ल्याउला यो अर्कै पक्ष भयो ।

अव गजललाई कहिंकतै क्रस नगराई विशुद्ध फलाउने विधि विधानमा पसौँ है त । त्योभन्दा पहिले प्रश्ट पारौँ, यहाँ जेजति लेखिएका छन् यी सब मैले प्राध्यापक (ड.) डा. कृष्णहरि बरालको ‘गजल : सिद्धान्त र परम्परा’ भन्ने गजलको रामकाहानी समेटिएको कृतिबाट लिएको हुँ । धेरै हुवहु, अक्षरस सारेको छु । यति हो पुरै पुस्तकको सारबाट पनि सारमात्र खिचेर लिइएको हुँदा बीचबीचमा थोरै यताउता र थपघट भएका छन् ।

प्रारम्भमा अरबमा अरबी भाषामा लेख्न थालिएको गजल इरानमा फारसी भाषामा दशौँ शताब्दीमा लेख्न थालिएको जानकारी पाइन्छ । यसरी अरबीबाट फारसी, हिन्दी तथा उर्दू भाषा हुँदै नेपालीमा भित्रिन आएको गजल खास प्रकारको संरचनामा आबद्ध काव्यरुप हो । बराबरी लम्बाई वा एउटै छन्द भएका दुईदुई पंक्तिका कम्तिमा तीन सेर हुने यस विधामा मूलत: aa ba ca da आदिका क्रममा काफियाको प्रयोग भऐको पाइन्छ भने धेरै गजलमा काफियापछि दोहोरिएर आउने रदिफ पनि रहेको हुन्छ । गजलको प्रत्येक सेर आँफैमा पूर्ण कविता हुन्छन् यी मुक्तककै समकक्षी हुन्छन् । गजलमा गजलकारले आफ्नो उपनाम तखल्लुस राख्ने चलन पनि छ । यस्तो विशेष बनौटको अतिरिक्त गजलमा भाव, कल्पना, लय तथा छन्द, बिम्ब तथा प्रतीक र भाषाजस्ता तत्वहरु प्रयोग हुने गर्छन् । गजलमा, प्राचीन समयमा प्रेमसमम्बन्धी विषय प्रयोग हुने गरेकामा समयक्रममा यसमा अनेक विषय प्रोयोग हुन थालेको पाइन्छ भने एउटा गजलका सबै सेरमा एउटै विषय वा भिन्नभिन्न विषय प्रयोग हुने प्रचलन पनि देखिन्छ ।

गजल शब्दको व्युत्पतिगत अर्थ प्रेमिकासंग वार्तालाप वा स्वास्नीमानिससंग वार्तालाप भन्ने हुन्छ र साहित्यिक सन्दर्भमा चाहिँ एक प्रकारको काव्यविधा भन्ने हुन्छ । व्युत्पतिगत यस अर्थले पनि गजलमा प्रेमसम्बन्धी विषयवस्तु बढी प्रयोग हुनेकुरा स्पस्ट हुन्छ । समयक्रममा यसमा प्रयोग हुने विषयवस्तु विस्तारित भएको सन्दर्भ विभिन्न कालका गजलहरु पढेपछि थाहा पाइन्छ ।

गजलमा दुईदुई पंक्तिका आफैँमा पूर्ण वा स्वतन्त्र तीन वा तीनभन्दा बढी सेरहरु हुन्छन् र यी सेरहरु व्याकरणिक तथा अर्थ दुबै दृष्टिले आफैँमा पूर्ण हुन्छन् । गजलमा भएका सेरका पंक्तिहरुलाई मिसरा भनिन्छ यी मिसरालाई पनि दुई भागमा बाँडिएको पाइन्छ । सेरमा प्रयुक्त पहिलो पंक्ति वा मिसरालाई मिसर-ए-उला (मिसरा-ए-उला) भनिन्नछ भने प्रत्येक दोस्रो मिसरालाई मिसर-ए-सानी (मिसरा-ए-सानी) भनिन्छ । गजलमा भएका सेरहरुमध्ये पहिलो सेरलाई मतला भनिन्छ । यसलाई परिचयात्मक वा प्रतिनिधि वा उद्घाटित सेर भनिएको पनि पाइन्छ । कुनै कुनै गजलमा दुईवटा मतलाको प्रयोग हुने कुरा पनि विद्वानरुले बताएका छन् । गजलको अन्तिम सेरलाई मकता भनिन्छ । यसै सेरमा गजलकारले आफ्ना वैयक्तिक कुरा भन्ने गर्छ र यो सेर तुलानात्मक रुपमा बढी आत्मापरक हुन्छ भने संवेगको प्रयोगका दृष्टिले पनि अत्यन्त शक्तिशाली हुन्छ । यस सेरमा गजलकारले तखल्लुस (आफ्नो नामको केही अँश वा उपनाम) पनि प्रयोग गर्ने गर्छ । मतला र मकता भागका बीचका सेरहरुलाई गजलको मध्यभाग भनिन्छ । गजलको सबैभन्दा उत्कृष्ट सेरलाई ‘हासिले गजल सेर’ भनिन्छ ।

गजलमा प्रयोग हुने उपकरणहरुमा काफिया, रदिफ तथा तखल्लुस महत्वपूर्ण छन् भने गजलको संरचना निर्माणमा दुईदुई पंक्तिको सेरलगायत उपर्युक्त उपकरणहरुले पनि महत्वपूर्ण भूमिका वहन गर्ने गर्छन् । काफियाले गजललाई निस्चित रुप प्रदान गर्छ भने साँगीतिक पनि बनाउँछ । यसको अभावमा गजलले संरचना नै प्राप्त गर्न सक्दैन ।

काफियाः- 

काफिया अरबी भाषाको पुलिङ्गी शब्द हो र यसको साहित्यिक अर्थ अनुप्रास, अन्त्यानुप्रास वा तुक भन्ने हुन्छ । गजलका प्रयोगका सन्दर्भमा भन्दाचाहिँ यसले अन्त्यानुप्रास वा उपान्तअनुप्रासको भूमिका वहन गर्ने गर्छ । गजलका मिसराहरुको पछाडि दोहोरिने शब्द रदिफभन्दा अगाडि प्रयोग हुँदा यसले उपान्तअनुप्रासको कार्य गर्छ भने रदिफ प्रयोग नभई अन्तिममा रहँदा अन्त्यानुप्रासको कार्य गर्छ । गजलमा काफियाको निस्चित स्थान निर्धारण हुन्छ र यसको प्रयोग मतला (परिचयात्मक वा प्रतिनिधि वा उद्घाटित सेर )का सबै मिसरा (पंक्ति)मा अनिवार्य रुपमा प्रयोग हुन्छ भने अन्य सेरहरुका चाहिँ दोस्रादोस्रा मिसरामा यसको प्रयोग गरिन्छ । सैद्धान्तिक हिसाबमा भन्दा एउटा मतला हुँदा गजलका मिसराहरुमा aa ba ca da र दुईवटा मतला हुँदा aa aa ba ca da का क्रममा काफियाको प्रयोग हुन्छ । गजलमा काफियाको प्रयोग पूर्ण तथा आंशिक दुबै अनुप्रासका रुपमा हुन सक्छ तर पूर्ण अनुप्रासकै रुपमा प्रयुक्त काफियालाई राम्रो मानिन्छ । एउटा गजलमा काफिया कहिलै पनि दोहोरिन्नन् ।

रदिफः- 

काफियापछि दोहोरिने शब्दलाई रदिफ भनिन्छ । रदिफ अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो र यसको व्युत्पत्तिगत अर्थ ‘घोडा वा उँटको पछि बसेको व्यक्ति’ भन्ने हुन्छ । साहित्यिक सन्दर्भमा भन्दाचाहिँ यो काफियापछि दोहोरिने शब्द हो । गजललाई सांगीतिक बनाउन रदिफले महत्वपूर्ण भूमिका प्रदान गर्छ । यसले गजललाई स्मरणयोग्य बनाउन पनि सहयोग पुर्याउँछ । यस्तो हुँदाहुदै पनि गजलमा रदिफको प्रयोग अनिवार्य मानिँदैन । रदिफ प्रयोग भएको गजललाई मुरद्दफ र नभएको गजललाई गैरमुरद्दफ भनिन्छ । कतिपय विद्ववान्ले त रदिफलाई गजलको अचम्मको र आवश्यक तत्त्व मानेका छन् ।

तखल्लुसः- 

गजलमा प्रयोग गरिने अर्को महत्वपूर्ण उपकरण तखल्लुस हो र यसको प्रयोग ऐच्छिक रुपमा गरिने गर्छ । अरबी भाषाको पुलिङ्गी शब्द तखल्लुसको अर्थ कवि वा सायरले कविता वा गजलमा लेख्ने नाम वा उपनाम भन्ने हुन्छ । यसले गजल कसको हो वा कसले लेखेको हो भन्ने चिनाउन पनि सहयोग पुर्याउँछ । तखल्लुसको प्रयोग गजलकारले विभिन्न प्रकारले गरेको पाइन्छ । यसलाई प्रथम, द्वितीय तथा तृतीय पुरुषको रुपमा पनि प्रयोग गरिएको हुन्छ भने गजलकारले आफैँसंग कुराकानी गरेजसरी पनि यसलाई प्रयोग गर्छ ।

गजल साहित्यिक विधा र त्यसमा पनि गेय विधा भएकोले यसमा पनि साहित्यको पद्य विधामा पाइने तत्त्वहरु पाइन्छन् । गजलमा पाइने महत्वपूर्ण तत्वहुन् – भाव तथा विषयवस्तु, कल्पना, संगीत, बिम्ब तथा प्रतीक र भाषा ।



धेरथोर जस्तो भए पनि भाव साहित्यको लागि अनिवार्य तत्व हो भने गीत तथा कविताजस्तै गजलका लागि त झनै आवश्यक तत्व हो । भावको मात्राले गजलको स्तरनिर्धारणमा सहयोग पुर्याउने गर्छ । भावले गर्दा नै गजल आत्मापरक्तातिर उन्मुख हुन्छ भने काव्यमा करुण, शान्त वा शृङ्गार जस्तो प्रकारको भावको प्रयोग भए पनि यसको आस्वादनचाहिँ सुखद नै हुने गर्छ ।

गजलमा विषयवस्तुको अभिव्यक्ति भावपूर्ण ढङ्गमा हुनु जरुरी हुन्छ । एउटा गजलमा एउटै विषयवस्तु र सेरैपिच्छे बेग्लाबेग्लै विषय पनि प्रयोग हुन सक्छ । एउटै विषय प्रयोग भएको गजललाई मुसलसल र एकभन्दा बढी विषय प्रयोग भएको गजललाई गैरमुसलसल भनिन्छ । प्रारम्भमा गजलमा प्रेमसम्बन्धी विषय प्रयोग हुने गरेकामा अश्लील सन्दर्भहरु पनि व्यक्त भएको जानकारी पाइन्छ भने पछि सुफीहरुले इश्वरको प्राथनाका लागि गजललाई माध्यम बनाएपछि यसले विशेष शक्ति प्राप्त गरेको र लोकप्रियता हासिल गरेको जानकारी पाइन्छ । अरबीबाट फारसी हुदै विभिन्न देशमा फैलिँदै जाँदा गजलमा अनेक विषयहरु प्रयोग भए । नेपालीका सन्दर्भमा कुरा गर्दा प्रारम्भिक चरणमा गजलमा मूल रुपमा शृङ्गार र फाट्टफुट्ट भक्ति, देशभक्ति र केही मात्रामा सामाजिक आदि विषय प्रयोग भएकामा हिजोआज यसमा व्यापकता आएको छ र समकालीन विकृतिप्रति व्यङ्ग्य गर्ने सनदर्भमा पनि गजलको शक्ति बेजोड देखिन थालेको छ ।

गजल गेय विधाविशेष भएकोले यसमा संगीतको प्रयोग अनिवार्य हुन्छ । शब्द, संगीत, गायन वा मौखिक संगीत अनि वाद्ययसंगीतको प्रयोगबिना गजलले अस्तित्व प्राप्त गर्दैन । शब्दसंगीतको सन्दर्भमा भन्दा गजलमा अनुप्रास तथा लय अनि छन्दको प्रयोग अत्यावश्यक तथा अनिवार्य हुन्छ र शब्दको आवृतिले पनि यसलाई संगीतमय बनाउन भूमिका खेल्ने गर्छ । गजलमा काफिया वा अन्त्यानुप्रास वा उपन्तअनुप्रासको अनिवार्य हुने भएकोले यसबाट पनि संगीतको सृष्टि हुने गर्छ र रदिफको पनि प्रयोग भएका गजल यस हिसाबमा अझ बलिया देखिन्छन् । यस्तै छेकानुप्रास, वृत्यनुप्रास, लाटानुप्रास मध्यानुप्रास आदिको प्रयोगले पनि गजलमा संगीतको सृष्टि गर्छ ।

गजल भाषाका माध्यमद्वारा अभिव्यक्त हुने विधाविशेष हो । गजलले अस्तित्व भाषाकै माध्यमबाट प्राप्त गर्छ र श्रोता तथा पाठकहरु यसको अर्थ भाषाकै माध्यमद्वारा लगाउने गर्छन् । गजलको व्यख्या र विश्लेषण पनि भाषाकै माध्यमद्वारा गरिन्छ । गजलमा शब्दसंगीतको प्रयोग भाषाकै वर्णहरुको सही छनोट गरी राखिँदा हुन्छ अनि छन्द वा बहरको प्रयोगमा पनि भाषाले नै भूमिका खेल्ने गर्छ । यस्तै, भाव, कल्पना आदिको प्रस्तुति पनि भाषाकै भाध्मद्वारा हुन्छ । भाषाको अभावमा गजलको निर्माण हुँदैन । गायनको क्रममा संगीतको अभिव्यक्तिको माध्यम पनि गजलमा भाषा नै हुन्छ ।

गजलमा भाषाको विशिष्ट प्रयोग हुन्छ । काव्यात्मक व्यवस्थापनको सन्दर्भमा नै पनि भाषाले प्रमुख भूमिका वहन गर्छ । बहर वा छन्द मिलाउने क्रममा, अनुप्रास मिलाउने क्रममा वा कतिपय सन्दर्भमा भाषाको विचलन पनि प्रशस्त हुने गर्छ । यस्तो विचलन पदक्रम, विभक्ति, वचन, कारक, शब्दप्रयोग आदिमा हुन्छ भने अर्थको तहमा पनि विचलन प्रशस्तै हुन्छ । गजल श्रव्य विधा भएकोले यसमा सरल तथा स्वभाविक भाषाको प्रयोग आवश्यक हुन्छ र काव्यात्मक उच्चारण अनि काव्यात्मक विरामको प्रयोग पनि हुने गर्छ । गजल थोरै शब्दबाट धेरै भाव व्यक्त गर्नुपर्ने विधा भएकोले सूत्रात्मकता यसको मूल विशेषता हुन्छ र संक्षिप्ततको खोजी यसमा गरिन्छ । गजलका सेरहरु सूक्तिमय हुनु अनि मानवजीवनसँग निकट सम्बन्ध राख्ने प्रकारका हुनु राम्रो मानिन्छ । गजलमा भावअनुसार वर्णहरुको वितरण पनि हुने गर्छ ।

सारिएका कुरा यिनै हुन् । गजल सम्वन्धि अलिक विस्त्रित अध्यन गर्न चाहे डा. कृष्णहरि बरालको ‘गजल : सिद्धान्त र परम्परा’ को अध्ययन गर्दा राम्रो होला भन्ने मलाई लाग्दछ । किनकि मेरो जानकारीमा भएसम्म सम्भवतः यो नै गजल विधाविशेष लेखिएको पछिल्लो पूर्ण कृति हो । यसमा गजलको इतिहासदेखि वर्तमान सम्म समेटिएको छ । यो पुस्तक पूर्ण र गहन किन पनि छ भने यसका लेखक स्वयमले गजलमै विद्यावारिधि गरेका हुन् ।

अन्तमा आफ्नै एउटा गजल राँखे, यो के कस्तो गजल बन्यो या बनेन सोधीखोजीको जीम्मा तपाईंहरुलाई नै छाँडे ।

तिमीलाई होइन मैले आफैँसंग ढाँटेको छु
लुकाउन सत्यलाई झुटहरु बाँटेको छु

हिजै खोल्नु थियो कुरो स्वार्थले लुकाइरहेँ
आजचाहिँ दिल खोली भन्नलाई आँटेको छु

खोलिसक्नु छैन यहाँ विषादका पोकाहरु
थुमथुम्याउँदै जिन्दगी चुपचाप काटेको छु

रुचाएको जीवन हिजै छुट्यो अन्तै कतै
बाँकी जे छ दिन रात सम्झौतामा साटेको छु

जतिसक्दो टालीरहेँ च्यातिएको यो मनलाई
आज भने धुजाधुजा जताततै फाटेको छु

दुःख टेक्दै सुखको पछिपछि लागिरहेँ
लालचा यो मनको अबचाहिँ छाँटेको छु । 



 

Many writers from the Middle East write ghazal.



A ghazal is a type of poetic form. This form originated in Iran in the sixth century CE, and spread acrossPersian and Middle Eastern singers performing ghazals as part of their repertoire. Some Sufi poets have also explored this form, and while classical ghazals are usually in Arabic or Persian, this form can be used in any language.
the Middle East and as far as Southeast Asia. Ghazals can be recited, spoken, or sung, with many popular
The rules of the ghazal form are fairly simple. A ghazal includes a set of no more than 15 and no less than five rhyming couplets known as sher. Traditionally, each sher is like a miniature poem in itself, and the second line of each sher in a ghazal includes a refrain, which may consist of a single word or several. The refrain is known as the “radif.” As a general rule, the meter of a ghazal remains consistent throughout the whole poem.

Depending on how poets use the radif, the rhyming scene of a ghazal can vary. It may be, for example, in the form of AA BA CA DA EA and so forth, in AA AA AA AA AA form, or poets may play with other rhymes, such as AA BA AA CA AA. The rhyming scheme is generally adjusted to meet the needs of the poet and the radif, and the composer of a ghazal may also think about how the poem will sound if sung or spoken when considering the rhyme scheme.
Traditionally, ghazals are used for themes of love and loss. Often a ghazal describes an unattainable, absent, or separated love. While people may use this form for other themes, such works are not, strictly speaking, true ghazals, because they lack the traditional thematic framework of the ghazal. Thanks to the clear, yet flexible rules of the ghazal, poets can express themselves in a variety of ways with this poetic form.
Many classical writers from the Middle East wrote ghazal, and the form continues to be widely used today. The language of ghazals tends to be simple and clear, yet haunting, reminding the reader of themes like suffering and loss as well as love. Works of Arabic poetry often include some very excellent examples of this poetic form, and ghazals are also regularly performed across the Middle East, in both private homes and public venues.

Via- Internet
 

More about gazal


Hi,

After my article on Madanmohan and Khaiyyam, some nettors asked me
to clearly say, which poem can be called Ghazal. And also because of
some statements I made in that article, I think it's my duty to give
the 'definition' of Ghazal. Although, many would be knowing this, for
some this information can be new, for some this will mean precise
description of some general terms.
This article has become "technical", but I hope it's not boring.
And I also hope, this is helpful for the Ghazal fans.

Instead of giving my personal views, I thought of quoting somebody
who is an authority. There is book/dictionary/colection of Sher's
titled "Aaina-e-ghazal", which IMHO is a treasure for every Ghazal 
fan. In this there is a long essay - "Ghazal kya hai ?" by Dr.Arshad
Jamaal.
The essay is written in Hindi, and is about History of Ghazal, its
development, its milestones, important Shayar's etc. One part of it
describes the definition of Ghazal. The following is loosely based
on that. The essay talks only about what IS a Ghazal. To that I have
added in the following, what is NOT a Ghazal. So any mistakes in these
parts, are mine. [ These are enclosed in square brackets like this. ]

Also one thing should be kept in mind that, this is not mathematics.
So "preciseness" of the "definition" should not be questioned.

-----------------------------------------------------------------------

Classical Definition of Ghazal
===============================

Ghazal in short, is a collection of Sher's which follow the rules of
'Matla', 'Maqta', 'Beher', 'Kaafiyaa' and 'Radif'. So to know what
Ghazal is, it's necessary to know what these terms mean.

To understand these terms easily , we will take an example.

 1. koi ummid bar nahin aati
  koi surat nazar nahin aati
 2. aage aati thi haale dil par hasi
  ab kisi baat par nahin aati
 3. hum wahan hain, jahan se humko bhi
  kucch hamaari khabar nahin aati
 4. kaabaa kis muh se jaaoge 'Ghalib'
  sharm tumko magar nahin aati

What is a Sher ?
    It's a poem of two lines. This definition is deceptively simple.
    Please note that, every Sher is a poem in itself ! A Sher does not
    need, anything around it, to convey the message.
    All the 4 stanzas in our example are independent poems, Sher's.


So Ghazal is necessarily a collection of two-line-poems called Sher.
[ So the Rafi solo "rang aur noor ki baaraat kise pesh karu" is NOT
a Ghazal, as every stanza is of 3 lines, and not 2. ]

What are other restrictions ? Many, and important ones.
[ Any collection of Sher's is not Ghazal. Some good examples are ; the
famous Mukesh song from Yehoodi, "yeh mera deewaanaapan hai" ; and the
title song of "dil apana aur preet parayi". Each stanza in these songs
can be considered as an independent Sher, but they are NOT Ghazal's.
To understand,  why, we have to wait till 'Kaafiyaa, 'Radif'. ]


What is 'Beher' ?
    'Beher' is the 'meter' of the Sher's. It can be considered as the
    length of the Sher. Both the lines in the Sher *MUST* be of
    same 'Beher'. And all the Sher's in one Ghazal *MUST* be of the
    same 'Beher'. There are 19 (!!) kinds of 'Beher'. But in simple terms,
    'Beher' is categorized in 3 classes. Short, medium, long.
    [ The examples in [] are my additions, from Hindi Films. ]

    Small :
 ahale dairo-haram reh gaye
 tere deewane kam reh gaye
 [ Also Talat song, "dil-e-nadan tuze hua kya hai" ]

    Medium :
 umr jalwo me basar ho, ye zaruri to nahin
 har shab-e-gam ki seher ho, ye zaruri to nahin
 [ And by Gulzar, "ruke ruke se kadam, ruk ke baar baar chale" ]

    Long :
ai mere humnashin, chal kahin aur chal, is chaman me ab apanaa guzaaraa nahin
baat hoti gulon ki, to seh lete hum, ab to kaaton pe bhi haq hamaaraa nahin
[ The filmfare winner, "Manzile apani jagah hai" !! Yes ! It IS a Ghazal.
And the Shayar is Prakash Mehra !! surprise , surprise !! ]


So Ghazal is a collection of Sher's of SAME 'Beher'.


What is 'Radif' ?
    In a Ghazal, second line of all the Sher's *MUST* end with the *SAME*
    word/s. This repeating common words is the 'Radif' of the Ghazal.

    In our example, the 'Radif' is "nahin aati".

    [ Sometimes, the Ghazal becomes known by its 'Radif'. eg. "jaraa
    aahista chal" sung by Pankaj Udhas. On RMIM we all know one Ghazal by
    the 'Radif' as "aahista aahista", don't we ? or is it 2 or 3 ? :-) ]


What is 'Kaafiyaa' ?
    'Kaafiyaa' is the rhyming pattern which all the words before 'Radif'
    *MUST* have.

    In our example the 'Kaafiyaa' is "bar", "nazar", "par", "magar" etc.
    This is a necessary requirement. Something which is followed even in
    the exceptions to all these rules.


So Ghazal is a collection of Sher's of same 'Beher', ending in same
'Radif' and having same 'Kaafiyaa'.
[ That's the reason, why "yeh mera diwanapan hai" etc. are NOT Ghazals.
There is no common thing which can be called 'Kaafiyaa' and 'Radif'. ]

What is 'Matla' ?
    The first Sher in the Ghazal *MUST* have 'Radif' in its both lines.
    This Sher is called 'Matla' of the Ghazal and the Ghazal is usually
    known after its 'Matla'. There can be more than one 'Matla' in a
    Ghazal. In such a case the second one is called 'Matla-e-saani' or
    'Husn-e-matla'.
    In our example, the first Sher is the 'Matla'.

What is 'Maqta' ?
    A Shayar usually has an alias ie. 'takhallus' eg. Mirza Asadullakhan
    used 'Ghalib' as his 'takhallus' and is known by that. Other examples
    are 'Daag' Dehlvi, 'Mir' Taqi Mir, Said 'Rahi', Ahmed 'Faraz' etc.
    There is a Sher in a Ghazal, the last one, which has the Shayar's
    'takhallus' in it.
    [ A Shayar, can use the 'Maqta' very intelligently. He can "talk to
    himself" like one in our example. I have lots of favourite Sher's
    which are 'Maqta' of some Ghazal. Some gems are
 koi nam-o-nishan puchhe to ai kaasid bataa denaa,
 takhallus 'Daag' hai, aur aahiqon ke dil me rehte hai
    and
 jab bhi milte hain, to kehte hain, "kaise ho 'Shakil'",
 iske aage to koi baat nahin hoti hai
    The first one uses the meaning of the 'takhallus' to create the
    magic, and the second one is just simple, simply beautiful. ]


To summarize, Ghazal is a collection of Sher's (independent two-line
poems), in which there is atleast one 'Matla', one 'Maqta' and all
the Sher's are of same 'Beher' and have the same 'Kaafiyaa' and
'Radif'.

EXCEPTIONS AND IMP. POINTS TO NOTE
==================================

1. Ghazal is just a form. It is independent of any language.
eg. in Marathi also, there can be (and there are) good Ghazals.

2. Some Ghazal's do NOT have any 'Radif'. Rarely. Such Ghazal's
are called "gair-muraddaf" Ghazal.

3. Although, every Sher, should be an independent poem in itself,
it is possible, that all the Sher's are on the same theme. What
famous example can be other than "chupke chupke raat din aasun
bahaanaa yaad hai".

4. In modern Urdu poetry, there are lots of Ghazal's which do
NOT follow the restriction of same 'Beher' on both the lines
of Sher. [ My example in 'Maqta', the Sher by Shakil, is one. ]
But even in these Ghazal's, 'Kaafiyaa' and 'Radif' are present.

5. The restriction of 'Maqta' is really very loose. Many many
Ghazal's do NOT have any 'Maqta'. [ I think 'Maqta' was used in
the earlier times, as a way to keep the credit. But since this is
traditional, many Ghazal's do have a 'Maqta' just for the sake of it.
Sometimes the name of the Shayar comes unnaturally in the last
Sher of the Ghazal. ]



-------------------------------------------------------------------------


So that's my long essay on Ghazal :-)
I hope it helps in clearing some doubts, and I also hope
that atleast for some, the information was interesting and new.

- Abhay.
 Ghazal rudaad hai naakaamiyon ki,
 Ghazal mehrumiyon ki daastaan hai  |
 Ghazal riste hue zakhmon ka marham,
 Ghazal ek chaaraa-e-dard-e-nihan hai  |
 Ghazal ka husn hi hai, husn-e-aalam,
 Ghazal ka noor hi noor-e-jahan hai |
     - Jagdish Bhatnagar 'Hayaat'
vio-internet

 

गजल परिचय-गजल अरवी मूलको शव्द

गजल अरवी मूलको शव्द हो । यसको व्युत्पत्तिमूलक अर्थ खोतल्दा तिनवटा शव्द समूहहरु देखिन्छ ग – गफ (वाणी), ज – जनाना (स्त्रि), अल – निकटता (संगै) । कुनै सुकुमारी या लावण्यवतीसंग गरिएको सुमधुर प्रेमालाप वा प्रणय चेतनाको हार्दिकता नै गजलको विम्व हो । अरवी भाषामा मृगलाई “गजाला” भनिन्छ, त्यसैले कुनै मृगनयनी, स्वप्नपरिप्रति प्रेमाशक्त भई लेखिने छन्दमय रसदार प्रणय – अनुरागयुक्त प्रेमपत्र नै गजल हो ।

काव्यशाष्त्रमा श्रृंगार रसलाई रसराज मानिन्छ । यसै श्रृंगार रसको केन्द्रियतामा गजल रहेको हुन्छ । गजलको परिभाषामा विविधता पाईएपनि प्राविधिक, विधानसम्मत, छन्दमय र गेयात्मक अनुभुतिको तरल रुपमा गजललाई सवैतिरवाट अंगिकार गरिन्छ । गजलको अर्थका सम्वन्धमा उत्तरप्रदेश हिन्दी संस्थान (लखनउ) द्धारा प्रकाशीत उर्दु – हिन्दी शव्दकोषको सप्तम संस्करण (ई. सं. १९८२) मा भनिएको छ – “गजल स्त्रिलिंगी शव्द हो र अरवी मूल भाषा हो । प्रेमिकासंगको वार्तालाप हो । उर्दू फारसी कविताको एक प्रकार हो । यसमा ५ – ११ शेरहरु हुन्छन् । सवै शेरहरु एउटै रदीफ र काफियामा हुन्छन् र प्रत्येक शेरको मजनु अलग्गै हुन्छ । पहिलो शेरलाई मत्ला भनिन्छ, जसका दुवै मिसराहरु सानुप्रास हुन्छन् र अन्तिम शेर मक्ता हुन्छ जसमा शायरले आफ्नो तखल्लुसपनि प्रयोग गर्दछ ।” नेपाल (राजकीय) प्रज्ञा प्रतिष्ठानद्धारा २०५८ जेठमा प्रकाशीत वृहद नेपाली शव्दकोष (तृतिय संस्करण) मा सोही शव्दकोषको अनुवाद मात्रै गरिएको छ । त्यसैगरि, द अक्सफोर्ड इंलीस डिक्सनरीका अनुसारः- “विशेषतः प्रेमसम्बन्धी वा रागात्मक, पुरानो, लयात्मक कविताको एक प्रकार हो, जसमा सीमित श्लोक, उही अनुप्रासको आवृत्ति तथा पश्चिमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ ।”

गजल गेय विधा हो त्यसैले यसमा गेयात्मकता आवश्यक हुन्छ । गेयात्मकता भन्नुको अर्थ गाउन मिल्ने भन्ने हो, गाउनको लागी छन्दमा हुनु जरूरि हुन्छ यसर्थ, गजल छन्दवद्ध हुनुपर्छ । तर यसको मतलब गजल केवल गीतको परिभाषा अटाउंछ भन्ने होइन, न त यो कविता नै हो । यि दुवै भन्दा भिन्न गजल स्वतन्त्र विधा हो। उर्दु फारसी मुल भएकाले गजलका प्राविधीक शव्दावलीमा सोही भाषाको प्रयोग गरिएको पाइन्छ । छन्दलाइ उर्दुमा “वहर” भनिन्छ जुन गजलको प्रमुख अनिवार्यता हो । संस्कृत तथा नेपाली गद्य साहित्यमा गण र मात्रा मिलेर वन्ने लयलाइ नै छन्द मानिन्छ, गजलमा ति प्राविधीक शव्दहरूलाइ “रूक्न” र “अरकान” नामले चिनिन्छ । छन्द या वहर विनाको गजल पुर्ण वनेको मानिंदैन र यस्तो गजललाइ “गैर मुसलसल” गजल भनिन्छ । तर छन्दमा लेख्ने भन्दैमा गजल पुरै शाष्त्रीय नै हुन्छ भन्ने होइन, यद्यपी यसले कुनै लय भने समातेकै हुनुपर्छ । तसर्थ, गजल त्यो छन्दवद्ध, लालित्यपुर्ण र श्रुतिमधुर भाव तथा अनुभुतिको तरंग मिश्रीत श्रृंगारीक रस हो, जसमा रुप सौन्दर्यको वखान गरिएको हुन्छ वा प्रेम-प्रणयका अभिव्यक्तिहरुले भरिपुर्ण हुन्छन् ।

यद्यपी, आधुनिक गजलको विकाससंगै  गजलको परिभाषा र क्षेत्रपनि व्यापक र विस्तृत वन्दै गइरहेको छ । यस्तो अवस्थामा मायाप्रेम या प्रणय-पिरतीमा मात्रै नअल्झेर गजलले राष्ट्रप्रेम, सामाजिक विकृति देखी लिएर समसामयिक व्यंग्य समेत कस्न भ्याएको छ । हरेक क्षेत्रलाइ सरसतापुर्वक समेट्न सकेकाले नै गजल अचेल साहित्याकाशमा निरन्तर चम्कंदै गइरहेको पाइन्छ । त्यसैले यि परिभाषाहरूलाइ अझै व्यापक अर्थमा प्रष्तुत गर्नु गजलका लागी अनिवार्य भइसकेको छ ।

ध्यान दिनुपर्ने कुराहरू

गजल लेख्नुअघी यसको मुलतत्व वुझ्नु जरूरि हुन्छ जसको लागि निम्न प्राविधीक शव्दावलीहरूवारे जानकारि हुनुपर्ने देखिन्छ ।

१) बहरः- गजलको छन्द वा लयलाई नै बहर (meter) भनिन्छ । गजल लेख्नुअघि वहरको ज्ञान हुनु अनिवार्य मानिन्छ तर, गजलको आधुनिक यात्रासंगै वहरको कडा फलामे अनुशाषनमा रहनुपर्ने नियम अलि खुकुलो हुंदै गएको छ । अचेल वहरको ज्ञानविना नै लेखिएका गजलहरूको वाढि नै आएको छ । यसले कतै गजललाइ नै वगाएर लाने त होइन भन्ने चिन्तापनि वरिष्ठ गजलकारहरूमा देखिन थालिसकेको छ । हुनत, गजलमा वहर नमिलेपनि त्यो गेयात्मक वन्न सक्छ, तर गजल लेख्नेहरूमा कमसेकम वहरको ज्ञान भएमा मात्रैपनि गजलले साहित्यका अन्य विधाभन्दा आफुलाइ सदा उच्च स्थानमा राखिराख्न सक्ने देखिन्छ ।

२) शेरः-

वेहोसी म हुदापनि तिमीसंगै रम्न पाए ।

मधुप यो अधरले अधर त्यो चुम्न पाए ।।

जिन्दगीको यात्रा गर्दा टाढिएर रहेपनि

सपनीमा संधै संधै तिमीसंगै घुम्न पाए ।।

गजलका प्रत्येक दुर्इ हरफलाई शेर (stanza) भनिन्छ । यो ३, ५, ७, ९, ११ जस्ता विजोर संख्यामा हुनुपर्छ भन्ने गजलको मान्यता रहेपनि आजकाल ४ शेरका गजलहरूपनि प्रशष्तै देख्न पाइन्छन् । गजलमा प्रत्येक दुइ (एक जोडी) हरफलाइ एक शेर भनिन्छ । यहां, माथीको उदाहरणमा दुइ शेर छन् ।

३) मत्लाः-

व्याख्या होईन परिवर्तन गरेर देखाउ ।

सिद्धान्त होईन प्रयोगमा ढालेर देखाउ ।।

गजलको केन्द्रिय भाव वोकेको पहिलो दुर्इ हरफलाई मत्ला भनिन्छ । मत्लाका दुबै हरफमा काफियाको प्रयोग अनिवार्य हुन्छ । यो गजलको मुख्य भागपनि हो । कतिपय शायरहरूले एउटै गजलमा एकभन्दा वढि मत्लापनि प्रयोग गरेको पाइन्छ । यस्तो अवस्थामा दोश्रो शेरमा आउने मत्लालाइ “मत्ला-ए-सानी” या “हुस्न-ए-मत्ला” भनिन्छ ।

४) मक्ताः-

अन्धकार औंसि रातमा, वांच्नु साह्रै गाह्रो भयो

‘सावन’को जिन्दगीमा, चांद वनि छाउंछु भन्थ्यौ ।।

गजलको अन्तिम दुर्इ हरफहरुमध्ये कुनै एकमा तखल्लुसको प्रयोग गरिएको छ भने ती दुर्इ हरफलाई मक्ता भनिन्छ ।

५) मिसराः-

कहां गयो पुर्खाहरूले आर्जेको त्यो भुमी,

पुर्व टिष्टा र पश्चिमको कांगडा खोज्नुछ ।।

मत्ला र मक्ता बीचका प्रत्येक दुर्इ हरफलाई मिसरा भनिन्छ । मिसराको दोस्रो हरफमा काफियाको अनिवार्य उपस्थिति रहन्छ । मिसराको पहिलो हरफलाई “मिसरा-ए-उला” भनिन्छ भने दोस्रो हरफलाई “मिसरा-ए-सानी” भनिन्छ । मिसराहरुले एउटै भाव वोकेको हुनुपर्छ भन्ने गजलको मान्यता रहंदैन, तर अलग अलग भाव वोकेका भन्दा एउटै भावको नियमितता हुनुपर्ने चलनले जरो गाडिसकेको छ, यसो गर्दा गजलले अरू गहन भाव वोक्न सक्नेपनि देखिएको छ । गजल लेख्दा मिसराको पहिलो हरफले भावको उठान र दोस्रो हरफले त्यसको समाधान गर्ने शैलीमा हुनुपर्दछ ।

६) काफियाः-

फुल सारें सुन्दर वगैचा वनाउने तर्खरमा ।

त्यहिं आफ्नो मनको भारी विसाउने तर्खरमा ।।

काफिया अरबी भाषाको पुलिंगी शब्द हो र यसको साहित्यिक अर्थ अनुप्रास, अन्त्यानुप्रास वा तुकबन्दीपुर्ण शब्द भन्ने हुन्छ । गजलमा यसले अन्त्यानुप्रास वा उपान्तअनुप्रासको भूमिका वहन गर्ने गर्छ । गजलका मिसराहरुको पछाडि र रदीफभन्दा अगाडि पटक पटक दोहोरिने अन्त्यानुप्रास भइ आउंदा यसले उपान्तअनुप्रासको कार्य गर्छ भने रदिफ प्रयोग नभई अन्तिममा रहँदा अन्त्यानुप्रासको कार्य गर्छ । गजलमा काफियाको निस्चित स्थान निर्धारण हुन्छ । यसको प्रयोग मत्ला (परिचयात्मक वा प्रतिनिधि वा उद्घाटित शेर) का सबै मिसरा (पंक्ति)मा अनिवार्य रुपमा प्रयोग हुन्छ भने अन्य शेरहरुका दोस्रादोस्रा मिसरामा यसको प्रयोग गरिन्छ । यसले गजलमा लयात्मकताको सिर्जना गर्नुका साथै गजलको विशिष्ट संरचना निर्माण गर्दछ । काफियाको साथमा जोडिएर आउने शव्दलाइ “हम काफिया” भनिन्छ । जस्तै :- माथी उदाहरणमा प्रयुक्त शव्दहरू “वनाउने” र “विसाउने” मा अन्त्यानुप्रास मिलेको छ । जहां “आउने” शव्दलाइ काफिया भनिन्छ भने “वन्” र “विस्” हम काफिया हुन्छ । यहां “तर्खरमा” रदीफ कहलिन्छ ।

७) रदीफः-

यहां दिनमै शाम हुन्छ ।

आंखा आंखामै काम हुन्छ ।।

रदिफ अरबी भाषाको स्त्रीलिंगी शब्द हो र यसको व्युत्पत्तिगत अर्थ ‘घोडा वा उँटको पछि बसेको व्यक्ति’ भन्ने हुन्छ । साहित्यिक सन्दर्भमा भन्दाचाहिँ काफियाको पछाडि बारम्बार दोहोरिएर आउने शब्द वा शब्दसमूहलाई रदीफ भनिन्छ । गजललाई सांगीतिक बनाउन तथा स्मरणयोग्य बनाउन यसले महत्वपूर्ण भूमिका प्रदान गर्छ । रदीफ गजलको अनिवार्य तत्व होइन तर यसले गजललाइ शक्ति प्रदान गर्दछ । यदि रदीफविना नै गजल लेखियो भने त्यसलाइ ‘गैर मुरद्दफ’ गजल भनिन्छ रदीफ सहितको गजल मुरद्दफ गजल वन्दछ । रदीफले गजललाइ लयात्मक, गेयात्मक तथा दीर्घ प्रभावकारी बनाउन ठुलो भुमीका निर्वाह गर्दछ । कतिपय विद्वानले त रदिफलाई गजलको अचम्मको र आवश्यक तत्त्व मानेका छन् । माथी उदाहरणमा “हुन्छ” शव्द दुवै हरफमा दोहोरिएको छ, यसलाइ नै रदीफ भनिन्छ ।

८) तखल्लुसः-

एकैपटक भएपनि उनले हांसिदिदा खेरी

‘सावन’ लाग्यो जवानीलाई रंगाउने तर्खरमा ।।

अरबी भाषाको पुलिंगी शब्द तखल्लुसको अर्थ गजलकार वा शायरले गजलका अन्तिमका दुर्इ हरफहरु (शेर) मध्ये कुनै एकमा लेख्ने नाम वा उपनाम भन्ने हुन्छ । यसले गजल कसको हो वा कसले लेखेको हो भन्ने चिनाउन पनि सहयोग पुर्याउँछ । तखल्लुसको प्रयोग गजलकारले विभिन्न प्रकारले गरेको पाइन्छ । यसलाई प्रथम, द्वितीय तथा तृतीय पुरुषको रुपमा पनि प्रयोग गरिएको हुन्छ भने गजलकारले आफैँसंग कुराकानी गरेजसरी पनि यसलाई प्रयोग गर्छ । यो गजलको अनिवार्य तत्व नभइ श्रृंगारको साधनमात्रै हो । तखल्लुस प्रयोग गर्ने नाममा यसले गजलको भाव तथा सुन्दरतामाथी नै हस्तक्षेप गर्दछ भने त्यस्तो तखल्लुस नराख्दा नै राम्रो हुन्छ । माथी उदाहरणमा “सावन” तखल्लुस हो ।

तर यति शव्दहरूको ख्याल गरेरमात्रै पनि गजल पुर्ण वन्दैन । गजलका प्रमुख र अत्यन्तै आधारभुत प्राविधीक शव्दहरू मात्रै हुन् यि ।

गजलको इतिहास र नेपालीमा गजल विकास

वास्तवमा गजलको विकास सम्वन्धमा चर्चा गर्दा यसको उत्पत्ती र विकासवारे पनि खोतल्नुपर्ने हुन्छ । गजलको शुरुवात कहिले भयो एकिन नभएपनि एघारौं शताव्दीमा फारसवाट मशहुर शायर रोदकिले प्रारम्भ गरेको पाइन्छ । पछि दकिकी, वाहिदी, निजामी, वेडिल, फैजी, शेखशादी, अमीर खुसरो, कविर दास आदी गजलकारहरु लागीपरेका हुन् ।

उर्दू गजलका प्रवर्तक जनाव वलि औरंगावादी (१६३८ – १७०७ ई.) हुन् भने नेपाली प्रवर्तक युगकवि मोतिराम भट्ट (१६२३ – १६५३) मानिन्छन् । त्यसपछि शम्भु प्रसाद ढुंगेल, भिमनिधी तिवारी र उपेन्द्र वहादुर जिगरले नेपाली गजललाई विकासको गति दिने प्रयत्न गरेपनि वि. सं. १९६६ भन्दापछि कसैले चासो देखाएनन् । “विसको दशक”पछि भने ज्ञानुवाकर पौडेल, मनु व्राजाकी, वुंद राना, आदिका रचनाहरु देखापर्न थाले । गजललाई स्वतन्त्र काव्यविधा नमान्नेहरुका माझमा भारतका डा. जे. पी. गंगवार, डा. सरदार मुजावर, डा. रोहिताश्व अस्थाना तथा नेपालीमा मनु व्राजाकी, ललीजन रावल, घनश्याम न्यौपाने “परिश्रमी” जस्ता चिन्तक, समालोचक र शोधकर्ताहरुले स्वतन्त्र काव्यविधाका रुपमा प्रष्ट्याउने र स्थापीत गर्ने कार्य गरे । विगत जे-जस्तो भएपनि नेपाली गजलमा अहिले भेलवाढी नै उर्लेको पाईन्छ । गजलमै नयां नयां प्रयोगहरू भएका छन् । गजलमा नै आफ्नो श्रम, सिप र पसिना वगाउने त्यस्ता सर्जकहरूलाइ नेपाली गजल इतिहासले कालान्तरसम्म याद गरिनै रहनेछ । यद्यपी, नेपाली साहित्याकाशमा जति नै फस्टाएको भएपनि गजलले अझै प्रष्ट कार्यदिशा लिनसकेको पाईंदैन, हामी आशा गरौं एकदिन सर्जक, समालोचकहरुद्धारा यसको स्वरुप तथा कार्यदिशा अवश्यपनि प्रष्टिने नै छ ।

अन्तमा, नेपाली साहित्याकाशमा गजलकै पछिपछि यात्रा गर्दै गरेको अर्को साहित्यीक विधा हाइकु र गजलको संमिश्रण (Fusion) गरेर लेखिएको यो गजल प्रस्तुत गर्न चाहन्छु “हाइकु-गजल”को रूपमा । यसमा प्रत्येक हरफलाइ छुट्टाटुट्टै या स्वतन्त्र रूपमा हेर्दा हाइकु वन्दछ भने संयुक्तमा हेर्दा गजल । यो मेरो सानो प्रयासले कहिंकतै गजलको प्रचलीत मान्यतालाइ नाघ्न गए माफी चाहन्छु

-Via Internet

 

 
More Here»»
More Here»»
More Here»»
More Here»»
 
Support : CHISAPANI NEPAL | MOHAN BIHANI | B.S PRITHAK
Copyright © 2011. गजलका फूलहरु - All Rights Reserved
Template Created by Website Published by Template
Proudly powered by Blogger