Latest Post
सखारै तिमी आउनु है चेली तीजको दिनैमा
सखारै तिमी आउनु है
चेली तीजको दिनैमा
माइतीको आँगन पार उजेली
तीजको दिनैमा
हँसाई दिनु रोएको मनलाई
नाचेर छमछमी
सजाउनु फूल बेली चमेली
तीजको दिनैमा
प्रकृति देवी हुनेछिन
मक्ख तिमीलाई पाएर
रमाउलान सारा साथी
सहेली तीजको दिनैमा
हराउला कालो औंशीको
रात्री चन्द्रमा देखेर
झुल्किदेऊ अब छिट्टै
जुनेली तीजको दिनैमा
घनकाइदेऊ मिठो स्वरले
सबै पाखा र पखेरो
संगीत मिठो देलान बयेली
तीजको दिनैमा
मुटुको टुक्रा आँखाको
नानी तिमी हौ जुहार
नठान्नु कहिल्यै आफू
अकेली तीजको दिनैमा
|
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
|
तिम्रो याद मेट्न सधैँ,पिएर आउँछु म !
तिम्रो याद मेट्न सधैँ,पिएर आउँछु म !
जसो तसो मन मुटु,सिएर आउँछु म !!
तिमि छैनौं तरपनि,जान्छु सधैँ मन्दिरमा !
तिमि संझी चोखो माया,दिएर आउँछु म !!
पत्थर रैछौ आखिर तिमि,मैनबत्ति बन्छु म !
सगरमाथा बन्नु तिमि,खिएर आउँछु म !!
नमाग है फोटो फिर्ता,यस्तो लाग्छ फोटो हेर्दा !
मरे तुल्य भए पनि,जिएर आउँछु म !!
नजलाउ बिन्ति तिम्रा,मेरा यी तस्बिर हरु !
अर्को जुनी भेट्न आउँदा,लिएर आउँछु म !!
|
दीपक"दियालो" ढुंगाना
पथरी,मोरंग
हाल-दोहा,कतार
|
हेर्नुस् उ कलिलो मान्छे हुँदै होइन।
|
र सोँचेझैं गतिलो
मान्छे हुँदै होइन।।
विस्वासको नकाव ओडेको छ
उसले।
पख्नुस् त्यति सजिलो
मान्छे हुँदै होइन।।
एकदिन उस्ले आफ्नो पारा
देखाउनेछ।
बुझ्नुस् है उ दरिलो
मान्छे हुँदै होइन ।।
देखावटी मिठा बात गरेको
हो उसले।
कसम उ रसिलो मान्छे
हुँदै होइन ।।
हातिको चपाउने दांत
देखिदैन बुझ्नुस्।
धरोधर्म उ लचिलो मान्छे
हुँदै होइन।।
|
|
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
|
चुट्न दिन्न प्रेमको डोरी कसेर त हेर
|
एकपल्ट यो दिल भित्र
पसेर त हेर
स्वर्गकी परी भन्दा कम
हुन्नेऊ तिमी
हातमा चुरा क्रिम पाउडर
धसेर त हेर
के हो प्रेम तिमी त्यो
पल थाहा पाउछेऊ
यो प्रेम जालमा
चुर्लुम्मै फसेर त हेर
मार्न,मर्न सँग निकै सहज जस्तो लाग्छ
अब चोखो प्यारले मलाई
डसेर त हेर
तिम्रो लागि शिव बनि
आऊनेछु म सानु
मेरो नाऊमा एक दिन ब्रत
बसेर त हेर
|
|
स्मार्ट G सन्देश
रुद्रपुर-9 हरैया
रुपन्देही,नेपाल
|
बम बोकेका विचारहरु बुद्ध बन्नुपर्छ ।
|
खुन माग्ने हतियारहरु
बुद्ध बन्नुपर्छ ।
आँखाहरू शान्ति खोज्दै
छट्पटाइरहेकाछन्
अब अउने सरकारहरु बुद्ध
बन्नुपर्छ ।
राजनीतिका क्रान्तिकारी
नाराहरु सबैसबै
घोषण साथै प्रचारहरु
बुद्ध बन्नुपर्छ ।
सधैसधैं गन्तब्य त्यै,
कुर्चि भन्दा माथी उठी
राजनीतिका आधारहरु बुद्ध
बन्नुपर्छ ।
बन्द आँखा खोल्नुपर्छ,
शान्ति मन्त्र बोल्नुपर्छ
जम्मै आत्माहरु
प्यारहरु, बुद्ध
बन्नुपर्छ ।
|
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
|






