Latest Post

Nisha Deshar New Nepali Gajal Song 2014 : Ma Kati rayechu Kahar Purano



म काटी रयेछु कहर पुरानो मेरो जिन्दकी को सफर पुरानो
स्वोर : निशा देशार
सब्द : मधु शास्त्र
 

KINA GARTHE MARIHATTE...SATYARAJ ACHARYA (Official Video)

 

चन्द्रमामा पुग्न चाहन्न,धर्ती मैले छोड्न सक्दिन


चन्द्रमामा पुग्न चाहन्न,धर्ती मैले छोड्न सक्दिन
अघी बाटोमा बढेकै छु,पछि बाटो मोड्न सक्दिन

आओस् बरु बाधा र अड्चन् ,हाँसी खुशी सहन्छु
पिडाले दुखेपनि मुटु ,मन्का चाह तोड्न सक्दिन

सुकेको बोट्मा चरिले गुण्,लाउदैन रे भन्छन् सबै
मक्काउने धमिरोसँग,चोखोनाता जोड्न सक्दिन

बसन्तको प्रतिक्षा गर्छ,फुलले सुवास् छर्न पनि
शिशिरमा ओइलिदा त्यो,झार भनि गोड्न सक्दिन

अप्ठेरो बाटोमा जिन्दगीको ,गन्तब्य धरै नै पर छ
आँखाले देख्ने तस्बिरमा,समिप्यता ओड्न सक्दिन

बिकास कँडेल ""निस्छल""
बिरेन्द्र नगर-७
चितवन







Bikash Kandel Nischhal
बिकास कँडेल ""निस्छल""
 

एकचिम्टी सिन्दुरमा जीवन धानेकी छौ आमा ।


एकचिम्टी सिन्दुरमा जीवन धानेकी छौ आमा ।
अनि बाले जे जे भन्छन त्यही मानेकी छौ आमा।

प्रयोग गर्न पो पाइनौ सिकेका ति कुराहरु ,
जान्न त तिमीले सबैथोक जानेकी छौ आमा ।

यो महिनाको कमाई बाले भट्टीमा सिध्याए की ?
ढिडोलाई सितान गुन्द्रुक झानेकी छौ आमा ।

छोरीमात्र पाएको भनी कुटपिट गर्दा पनि ,
श्रीमानलाई नै परमेश्वर ठानेकी छौ आमा ।

हामीलाई खान दिएपछि सधैँ भाँडा रित्तो हुन्छ ,
देख्छु भोको पेट पटुकीले बानेकी छौ आमा ।

-सम्झना रेग्मी 'सानु'




सम्झना रेग्मी 'सानु'
सम्झना रेग्मी 'सानु'

 

आफ्नै घरको धुरी पालि ,टाढा हुँदा रोएँ !




आफ्नै घरको धुरी पालि ,टाढा हुँदा रोएँ !
माया गर्ने दिलको माली टाढा हुँदा रोएँ !!

आफन्तको साथमा बस्ने मनका रहर मारी !
बाध्यतामा पाईला चाली टाढा हुँदा रोएँ !!

समयले धोका दिंदा अन्योल भयो जीवन !
बाँकि यात्रा एक्लै थालि टाढा हुँदा रोएँ !!

दिन्छु भन्थ्यौ सारा खुशी जुनी भरि-भरि !
खुशी चुम्ने बाटो टाली टाढा हुँदा रोएँ !!

चौतारीमा वर अनि पिपल थियो साथै !
वर छोडी पिपल ढाली टाढा हुँदा रोएँ !!

Gazal By : Bimala Sharma






Bimala Sharma
Bimala Sharma
 

गजलका फूलहरू EPS-21

गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
युनाइटेड एफ एम ९२.४ र
(06-12-2013/2070-08-21)


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 15 गते तदनुसार 30-Dec -2013 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम  एक्काइसौं श्रृंखला हो । आजदेखी गजलका फूलहरु युनाइटेड एफ एम ९२.४ मेजाहर्जको फ्रिक्वेन्सी मोड्युलेसनबाट बेलुका ९.१५ बजे बज्ने खबर सबैमाझ जानकारी गराउन चाहान्छु । के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download
 

गजलका फूलहरु eps-20

गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
 (06-12-2013/2070-08-14) 


नमस्कार साथीहरु,
आज मिति वि.सं २०७० मंसिर २१  गते तदनुसार 06-DEC-2013 शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम  उन्नइसौं श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download


Download :Click Here to Download Episode 19
 
More Here»»
More Here»»
More Here»»
More Here»»
 
Support : CHISAPANI NEPAL | MOHAN BIHANI | B.S PRITHAK
Copyright © 2011. गजलका फूलहरु - All Rights Reserved
Template Created by Website Published by Template
Proudly powered by Blogger