Latest Post
Google Posts Jagjit Singh Doodle To Celebrate Ghazal King's 72nd Birthday
Via - Internet
गजलका फूलहरू -24 EPS
गजलका फूलहरु
Download : Click Here to Download
फेसबुक पेजको प्रस्तुति
उत्पादन तथा संचालक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी
चिसापानी नेपाल ब्लग मार्फत
(27-01-2014/2070-10-13)
नमस्कार साथीहरु,
आज मिति 2070 माघ 13 गते तदनुसार 17-January-2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।
आजको कार्यक्रम चौंबिसौं श्रृंखला हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download
Download : Click Here to Download
गजलका फूलहरु -23
गजलका फूलहरु
Download : Click Here to Download
उत्पादन तथा संचालक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी
चिसापानी नेपाल ब्लग मार्फत
(06-01-2014/2070-09-22)
नमस्कार साथीहरु,
आज मिति 2070 पौष 29 गते तदनुसार 13-January-2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।
आजको कार्यक्रम तेइसौं श्रृंखला हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download
Download : Click Here to Download
मनु ब्राजाकी
मनुको जन्म वि.सं. १९९९
साउन १९ गते
महोत्तरी जिल्लाको औरहीमा भएको
हो।
उनको पहिलो रचना वि.सं. २०१९मा
'अञ्चल सन्देश'मा कथा
प्रकाशित भएको थियो।
मनुका प्रकाशित मौलिक
कृतिहरू :
अवमूल्यन
(कथासंग्रह, वि.सं.
२०३८)
आकाशको फल (कथासंग्रह,
वि.सं. २०४२)
तिमी स्वास्नी र म
(कथासंग्रह, वि.सं.
२०४६)
काँडाका
फूलहरू (गजलहरू, वि.सं.
२०५६)
पारदर्शी
मान्छे (कथासंग्रह, वि.सं.
२०६०)
गजल गङ्गा (गजलहरू, वि.सं. २०५१)
पुरस्कार:
मैनाली कथा पुरस्कार
तिमी स्वास्नी र म का लागि
वि.सं. २०४६को
साझा पुरस्कार
वि.सं. २०४७को
गंगालक्ष्मी पुरस्कार
आख्यान नाटकतर्फ वि.सं.
२०६९को महाकवि देवकोटा पुरस्कार
कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।
आवारा झैं भएपछी डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।
फाँट बेंसी गाउँघरमा छँदा कती ठुलो थिएँ
धेरैमाथी पुगें क्यारे आफुलाई होच्याएर ।
मन चोर्ने बोल्या छैन, धन चोर्ने चाँही आज
साधु बनी बसेको छ कोकोहोलो मच्चाएर ।
ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला
घर पुग्नु परे हिँड मनुलाई पछ्याएर ।
- मनु ब्राजाकी
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।
आवारा झैं भएपछी डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।
फाँट बेंसी गाउँघरमा छँदा कती ठुलो थिएँ
धेरैमाथी पुगें क्यारे आफुलाई होच्याएर ।
मन चोर्ने बोल्या छैन, धन चोर्ने चाँही आज
साधु बनी बसेको छ कोकोहोलो मच्चाएर ।
ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला
घर पुग्नु परे हिँड मनुलाई पछ्याएर ।
- मनु ब्राजाकी
( रचना - १२ पौष २०६८ वि.सम्बत् )
-------------------------------------------------
पाइँदैन
केही भन्ने थाहा
हुँदाहुँदै, पाउने आशा अझै
पनि लागिरहेछ,
तिमी सुत्यौ मुटुभित्र मेरो
निदाएर, मनु अब रातभरि
जागिरहेछ ।
समयको साथ सबै
मेटिएर जान्छ, भन्ने कुरामाथि
कति भर परुँ
म,
कस्तुरी
झैं तिम्रो मायाँ
मनमा रहेछ, सुगन्धको
खोजी गर्दै भागिरहेछ
।
जाँदाजाँदै
फर्किफर्कि हेर्ने बानी त्यो,
तेही नजरलाई अझै
सम्झिरहेछ
तिमीसँग
भेट हुने कल्पनाले
नै, विषलाई अमृत
भै चाखिरहेछ
।
बोल्नु परे एउटै
शब्द बाँकी रहेथ्यो,
त्यही भन्न खोज्दाखोज्दै
घाम अस्तायो
धेरै धेरै कुरा
भए तर पनि
त्यो, एउटै कुरा
मनले अझै राखिरहेछ
।
बादल झै
टुक्रा टुक्रा छरिदै म
हिँंडे, आकाशमा लाखलाख ताराहरु
छन,
मन गगनले एउटा सानो
जूनमात्र, अन्धकार मेटन भनी
मागिरहेछ ।
प्रतीक्षाको
वेदनाले नसताओस भनी, मनलाई मनु जस्तै ढुङ्गा
बनाएँ,
हुँदाहुँदै
यसैगरी हीरा भएछु,
नभनिदेऊ हीरा पनि
दागी रहेछ ।
- मनु ब्राजाकी



