सानुभन्छीन बुडा, तीजमा माईत जान्छु ल!


सानुभन्छीन बुडा, तीजमा माईत जान्छु !
दुईचार दीन बस्छु, बाबुलाईपनी लान्छु !

प्रदेशी भाई यसपाली मलाई लिन आको
बाबा अनी आमाको, हातको दर खान्छु !

भाई बाबाआमाले मन दुखाउनु होला फेरी
बरु कालु अर्कोसाल, नजाउ भने मान्छु !

बैनीपनी शहरबाट हिजै माईत आईसकी रे
यसपाली सबैलाई खुसी, बनाउन चाहान्छु !

दुईचार दीनको कुरा हो फर्किएर आउछु
जहाँ भएपनी हजुरगङगै, भाको ठान्छु !!

कुमार के.सी
नरपानी-5 जगत
अर्घाखाँची



Kumar Kc
Share this article :
 

Post a Comment

More Here»»
More Here»»
More Here»»
More Here»»
 
Support : CHISAPANI NEPAL | MOHAN BIHANI | B.S PRITHAK
Copyright © 2011. गजलका फूलहरु - All Rights Reserved
Template Created by Website Published by Template
Proudly powered by Blogger