अनुहार चिनिन्छ आज आएर

Mero Gaurabअनुहार चिनिन्छ आज आएर
नसोचेकै भैदिन्छ आज आएर

हिजो रुने आँखा रुवाउछन आज
समय बद्लिन्छ आज आएर

तिम्रै हुँ भन्थेउ तर अरुकै लागी
त्यो मुटु धडकिन्छ आज आएर

कुनै बेला गुलाब हतमा थमायौ
त्यही भुइमा छरिन्छ आज आएर

पित्तल झै सस्तो त्यो तिम्रो माया
खै कतिमा बेचिन्छ आज आएर
गौरब श्रेष्ठ
हरीवन -५ सर्लाही
हाल - दुबइ
Share this article :
 

Post a Comment

More Here»»
More Here»»
More Here»»
More Here»»
 
Support : CHISAPANI NEPAL | MOHAN BIHANI | B.S PRITHAK
Copyright © 2011. गजलका फूलहरु - All Rights Reserved
Template Created by Website Published by Template
Proudly powered by Blogger