म रोएर के भो तिमी हाँस्नु प्यारी


म रोएर के भो तिमी हाँस्नु प्यारी
मरे मै मरौला तिमी बाँच्नु प्यारी ।

ति मैले दिएका निशानी हराए
भुलेछौ भनौँला सबै साँच्नु प्यारी ।

यहाँ के छ आफ्नो सबै ईशकै हो
अमर प्रेम माला सधैँ गाँस्नु प्यारी ।

बनी स्वप्न मीठो म आई रहौँला
खुसी भै रमाँई तिमी नाँच्नु प्यारी ।

लुटेराहरुले खुसी खोस्न खोजे
बनी वीर ति हात तिमी भाँच्नु प्यारी

जीवन काश्यप 












जीवन काश्यप
Biratnagaer
Nepal
Share this article :
 

Post a Comment

More Here»»
More Here»»
More Here»»
More Here»»
 
Support : CHISAPANI NEPAL | MOHAN BIHANI | B.S PRITHAK
Copyright © 2011. गजलका फूलहरु - All Rights Reserved
Template Created by Website Published by Template
Proudly powered by Blogger