म रोएर के भो तिमी हाँस्नु प्यारी
मरे मै मरौला
तिमी बाँच्नु प्यारी ।
ति मैले दिएका निशानी
हराए
भुलेछौ भनौँला सबै साँच्नु
प्यारी ।
यहाँ के छ
आफ्नो सबै ईशकै हो
अमर प्रेम माला सधैँ
गाँस्नु प्यारी ।
बनी स्वप्न मीठो म
आई रहौँला
खुसी भै रमाँई
तिमी नाँच्नु प्यारी ।
लुटेराहरुले खुसी खोस्न खोजे
बनी वीर ति हात
तिमी भाँच्नु प्यारी
|
जीवन काश्यप
Biratnagaer
Nepal
|
Latest Post
म रोएर के भो तिमी हाँस्नु प्यारी
गोरीको भन्दा नि कालीको चर्चा छ अचेल,
|
|
|
गोरीको
भन्दा नि कालीको
चर्चा छ अचेल,
ओठको
भन्दा नि लालीको
चर्चा छ अचेल।
घर
कि मुर्गि दाल
बराबर भन्छन सबैले,
श्रीमती
भन्दा नि सालीको
चर्चा छ अचेल।
जमाना
फेरिए'सी कस्को
के लाग्छ हजुर,
फूलको
भन्दा नि मालीको
चर्चा छ अचेल
।
मन्दिरमा
भिड देख्छु साँझपख
जहिले नि,
आरती
भन्दा नि थालीको
चर्चा छ अचेल।
के
भा को होला
यो युवा जमातको
बोलीमा,
मिठास
भन्दा नि गालीको
चर्चा छ अचेल।
सर्बाधिकार
सुरक्षित © मोहन बिहानी
भक्तिपुर
सात सर्लाही
२०७०-०५-२१
शुक्रबार
|
सखारै तिमी आउनु है चेली तीजको दिनैमा
सखारै तिमी आउनु है
चेली तीजको दिनैमा
माइतीको आँगन पार उजेली
तीजको दिनैमा
हँसाई दिनु रोएको मनलाई
नाचेर छमछमी
सजाउनु फूल बेली चमेली
तीजको दिनैमा
प्रकृति देवी हुनेछिन
मक्ख तिमीलाई पाएर
रमाउलान सारा साथी
सहेली तीजको दिनैमा
हराउला कालो औंशीको
रात्री चन्द्रमा देखेर
झुल्किदेऊ अब छिट्टै
जुनेली तीजको दिनैमा
घनकाइदेऊ मिठो स्वरले
सबै पाखा र पखेरो
संगीत मिठो देलान बयेली
तीजको दिनैमा
मुटुको टुक्रा आँखाको
नानी तिमी हौ जुहार
नठान्नु कहिल्यै आफू
अकेली तीजको दिनैमा
|
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
|
तिम्रो याद मेट्न सधैँ,पिएर आउँछु म !
तिम्रो याद मेट्न सधैँ,पिएर आउँछु म !
जसो तसो मन मुटु,सिएर आउँछु म !!
तिमि छैनौं तरपनि,जान्छु सधैँ मन्दिरमा !
तिमि संझी चोखो माया,दिएर आउँछु म !!
पत्थर रैछौ आखिर तिमि,मैनबत्ति बन्छु म !
सगरमाथा बन्नु तिमि,खिएर आउँछु म !!
नमाग है फोटो फिर्ता,यस्तो लाग्छ फोटो हेर्दा !
मरे तुल्य भए पनि,जिएर आउँछु म !!
नजलाउ बिन्ति तिम्रा,मेरा यी तस्बिर हरु !
अर्को जुनी भेट्न आउँदा,लिएर आउँछु म !!
|
दीपक"दियालो" ढुंगाना
पथरी,मोरंग
हाल-दोहा,कतार
|
हेर्नुस् उ कलिलो मान्छे हुँदै होइन।
|
र सोँचेझैं गतिलो
मान्छे हुँदै होइन।।
विस्वासको नकाव ओडेको छ
उसले।
पख्नुस् त्यति सजिलो
मान्छे हुँदै होइन।।
एकदिन उस्ले आफ्नो पारा
देखाउनेछ।
बुझ्नुस् है उ दरिलो
मान्छे हुँदै होइन ।।
देखावटी मिठा बात गरेको
हो उसले।
कसम उ रसिलो मान्छे
हुँदै होइन ।।
हातिको चपाउने दांत
देखिदैन बुझ्नुस्।
धरोधर्म उ लचिलो मान्छे
हुँदै होइन।।
|
|
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
|






