आफ्नै घरको धुरी पालि ,टाढा हुँदा रोएँ !
माया गर्ने दिलको माली
टाढा हुँदा रोएँ !!
आफन्तको साथमा बस्ने
मनका रहर मारी !
बाध्यतामा पाईला चाली
टाढा हुँदा रोएँ !!
समयले धोका दिंदा
अन्योल भयो जीवन !
बाँकि यात्रा एक्लै
थालि टाढा हुँदा रोएँ !!
दिन्छु भन्थ्यौ सारा
खुशी जुनी भरि-भरि !
खुशी चुम्ने बाटो टाली
टाढा हुँदा रोएँ !!
चौतारीमा वर अनि पिपल
थियो साथै !
वर छोडी पिपल ढाली टाढा
हुँदा रोएँ !!
Gazal
By : Bimala Sharma
|
|
Post a Comment