मनु ब्राजाकी (वि.सं.
१९९९ - ) साहित्यकार हुन्। उनको साहित्यिक
नाम 'सगर नासरत्य',
'हेमन्त हरि' हो
भनेखास नाम
'चेतमानसिंह भण्डारी' हो।
मनुको जन्म वि.सं. १९९९
साउन १९ गते
महोत्तरी जिल्लाको औरहीमा भएको
हो।
उनको पहिलो रचना वि.सं. २०१९मा
'अञ्चल सन्देश'मा कथा
प्रकाशित भएको थियो।
मनुका प्रकाशित मौलिक
कृतिहरू :
अवमूल्यन
(कथासंग्रह, वि.सं.
२०३८)
आकाशको फल (कथासंग्रह,
वि.सं. २०४२)
तिमी स्वास्नी र म
(कथासंग्रह, वि.सं.
२०४६)
काँडाका
फूलहरू (गजलहरू, वि.सं.
२०५६)
पारदर्शी
मान्छे (कथासंग्रह, वि.सं.
२०६०)
गजल गङ्गा (गजलहरू, वि.सं. २०५१)
पुरस्कार:
मैनाली कथा पुरस्कार
तिमी स्वास्नी र म का लागि
वि.सं. २०४६को
साझा पुरस्कार
वि.सं. २०४७को
गंगालक्ष्मी पुरस्कार
आख्यान नाटकतर्फ वि.सं.
२०६९को महाकवि देवकोटा पुरस्कार
कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।
आवारा झैं भएपछी डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।
फाँट बेंसी गाउँघरमा छँदा कती ठुलो थिएँ
धेरैमाथी पुगें क्यारे आफुलाई होच्याएर ।
मन चोर्ने बोल्या छैन, धन चोर्ने चाँही आज
साधु बनी बसेको छ कोकोहोलो मच्चाएर ।
ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला
घर पुग्नु परे हिँड मनुलाई पछ्याएर ।
- मनु ब्राजाकी
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।
आवारा झैं भएपछी डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।
फाँट बेंसी गाउँघरमा छँदा कती ठुलो थिएँ
धेरैमाथी पुगें क्यारे आफुलाई होच्याएर ।
मन चोर्ने बोल्या छैन, धन चोर्ने चाँही आज
साधु बनी बसेको छ कोकोहोलो मच्चाएर ।
ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला
घर पुग्नु परे हिँड मनुलाई पछ्याएर ।
- मनु ब्राजाकी
( रचना - १२ पौष २०६८ वि.सम्बत् )
-------------------------------------------------
पाइँदैन
केही भन्ने थाहा
हुँदाहुँदै, पाउने आशा अझै
पनि लागिरहेछ,
तिमी सुत्यौ मुटुभित्र मेरो
निदाएर, मनु अब रातभरि
जागिरहेछ ।
समयको साथ सबै
मेटिएर जान्छ, भन्ने कुरामाथि
कति भर परुँ
म,
कस्तुरी
झैं तिम्रो मायाँ
मनमा रहेछ, सुगन्धको
खोजी गर्दै भागिरहेछ
।
जाँदाजाँदै
फर्किफर्कि हेर्ने बानी त्यो,
तेही नजरलाई अझै
सम्झिरहेछ
तिमीसँग
भेट हुने कल्पनाले
नै, विषलाई अमृत
भै चाखिरहेछ
।
बोल्नु परे एउटै
शब्द बाँकी रहेथ्यो,
त्यही भन्न खोज्दाखोज्दै
घाम अस्तायो
धेरै धेरै कुरा
भए तर पनि
त्यो, एउटै कुरा
मनले अझै राखिरहेछ
।
बादल झै
टुक्रा टुक्रा छरिदै म
हिँंडे, आकाशमा लाखलाख ताराहरु
छन,
मन गगनले एउटा सानो
जूनमात्र, अन्धकार मेटन भनी
मागिरहेछ ।
प्रतीक्षाको
वेदनाले नसताओस भनी, मनलाई मनु जस्तै ढुङ्गा
बनाएँ,
हुँदाहुँदै
यसैगरी हीरा भएछु,
नभनिदेऊ हीरा पनि
दागी रहेछ ।
- मनु ब्राजाकी
Post a Comment