मोतिराम भट्ट नेपाली साहित्यको एउटा युग अर्थात् माध्यमिक कालका प्रवर्तक हुन्। उनी नेपाली साहित्यको माध्यमिक कालका
मेरुदण्ड, निर्माता र पथपर्दशक थिए। यिनै मोतिराम भट्टको योगदानका विषयमा बालकृष्ण समले लेखेका छन्- मोतिराम देशको प्रत्येक क्षेत्रमा राष्ट्रियता चाहन्थे, त्यसै बाट देशोन्नति हुन्छ भन्ने उनको धारणा थियो। उनी स्वदेशी खानु, स्वदेशी लाउनु, स्वदेशी व्यवहार गर्नु , स्वदेशी बोल्नु तथा स्वदेशी हेर्नु पर्दछ भन्ने सपना देख्तथे। वास्तवमा उनी एउटा होनहार, ओजस्वी र तपस्वी व्यक्तित्व थिए। उनी नेपाली भाषा, नेपाली साहित्य र नेपाली कलाप्रति गर्व मान्थे। उनको लागि यो नेपाली माटो विश्वसाहित्य थियो। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा थिए। साँच्चै उनी नेपालका एउटा कर्म वीर सपूत थिए। उनको मिहिनेत, जा“गर र आराधनाका कारणले उनले एउटा युग नै स्थापित गरिदिए- मोतिराम युग। संवत् १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यको एउटा बेग्लै युग कायम गर्ने पौरखी पुरुष नै मोतिराम भट्ट थिए।
मोतिराम त्यस युगका बौद्धिक नायक थिए, साहित्यिक सङ्ठनात्मक नेता थिए र सांस्कृतिक योद्धा थिए। नेपाली वाङ्मयको उत्थानका लागि मोतिरामले खेलेको भूमिकाले उनी नेपाली भाषा, साहित्य र संस्कृतिका अक्षरअक्षर, शब्दशब्द र भाकाभाका रहेसम्म बाँचिरहनेछन्।
मोतिराम भट्ट नेपाली साहित्याकाशमा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन्। यिनै महान् व्यक्तित्वले नेपाली भाषासाहित्यमा समालोचनाको श्रीगणेश गरे। भट्टले नै संवत् १९४८मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई नेपाली साहित्यको मन्दिरमा समर्पण गरेर पहिलो आधिकारिक समालोचकमा आफ्नो नाउँ लेखाए। कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतिराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसाको थाक पनि लगाएका छन्। उनले भानुभक्तलाई स्थापित गर्न धेरै जुक्ति ख्याएका थिए। भानुभक्तलाई महान् कवि बनाउन उनले कैयौ फुटकर कविता रच्तै भानुभक्तका नाउँमा पनि समाविष्ट गराएका थिए भनिन्छ। यस कुराको प्रमाण तानासर्माबाट पनि व्यक्त गरिएको छ- आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने पार्नलाई नै उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका थिए। ती फुटकर सिलोकहरूमध्ये धेरै जसो मोतिराम भट्ट आफैँले रचेका थिए।
कवि, गजलकार तथा गायक
मोतिराम भट्टले श्रृङ्गर, भक्ति तथा राष्ट्रियताका विषयमा थुप्रै कविताहरू लेखे श्रृङ्गारिक कविताका चाहिँ उनी निर्मा ता नै बने। श्लोकसङ्ग्रह र मनोद्वेग प्रवाहमा मोतिराम भट्टका थुप्रै श्रृङ्गारिक कविता रहेका छन्। पिकदूत’ भट्टको श्रृङ्गाररसको अर्को काव्य हो। मोतिराम भट्टले नै नेपाली भाषामा गजलको आविष्कार गरे। यिनले नेपाली भाषामा थुप्रै गजल लेखेर लोकप्रिय बनाएका छन्। त्यस बेला यिनको गजललेखनबाट लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, नरदेव पाण्डे पनि आकर्षित भए र उनीहरूले पनि गजल लेख्न थाले। भट्टकै प्रेरणाबाट शम्भुप्रसाद ढुङ्गेल, भीमनिधि तिवारी र मवीवि शाहले पनि नेपाली काव्यविधामा गजललाई महत्त्वपूर्ण किसिमले प्राथमिकता दिए। भट्ट गजलकार मात्र नभएर गायक पनि थिए। त्यसबेला दरबारमा उर्दूका गीतगजल गाएको देखेर यिनले नेपाली गजलगीत लेखे र गाएर पनि प्रस्तुत गर्न थाले। दरबारमा पनि क्रमशः मोतिराम भट्टले लेखेका गजल चल्न थाले :
-
- यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्
- उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन्।
यसो भन्छौ त फल्फूल्मा, उसी भन्छौ त जल्थल्मा
जता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन्त्रिलोक् चौधै भुवन्माहाँ प्रभू व्यापक् जहाँताहाँ
कहाँसम्मन् भनूँ याहाँ सबैमा राम प्यारा छन्
मोतिराम भट्टले नेपाली साहित्याकाशमा सक्रिय भई जम्मा पन्ध्र वर्षजति सेवा गरे। त्यस अवधिमा उनले झन्डै पच्चीसवटाजति साहित्यिक कृति लेखे, सम्पादन गरे। यिनले अरू लेखकका पनि कृति प्रकाशित गराए। यिनले लेखेका कृतिहरू हुन्क्र०सं० पुस्तकको नाम विधा प्रकाशित गरेको साल (वि०सं०) १ मनोद् वेगप्रवाह कविता सङ्ग्रह १९४२ २ प्रह्लाद भक्तिकथा काव्य १९४३ ३ पञ्चकप्रपञ्च काव्य १९४४ ४ शकुन्तला नाटक १९४४ ५ प्रह्लाद भक्तिकथा काव्य १९४३ ६ शकुन्तला नाटक १९४४ ७ सङ्गीत चन्द्रोदय केही गजल १९४४ ८ अनुप्रासमञ्जरी - १९४४ तिर ९ उषाचरित्र (काव्य) काव्य १९४४ १० शकुनौ ती शकुनविचार १९४४ ११ स्वप्नाध्याय स्वप्नविचार १९४४ १२ गफाष्टक - १९४४ तिर १३ चाणक्यनीति - १९४४ १४ पद्मावती नाटक अपूर्ण १९४५ १५ पिकदूत काव्य १९४४ १६ काशीराज चन्द्रसेन शकुनविचार १९४४ १७ गुलसनोवर आख्यान १९४६ १८ उखानको बखान - - १९ कालभ्रमरसंवाद काव्य - २० बालाजीवर्णन कविता - २१ भानुभक्तको जीवन-चरित्र जीवनी तथा समालोचना १९४८ २२ प्रियदर्शिका नाटक १९४९ २३ तीजको कथा कथा - २४ रामायण बालकाण्ड भानुभक्त रचित सम्पादन १९४१ २५ सम्पूर्ण रामायण भानुभक्त रचित सम्पादन १९४४ मोतिराम भट्ट जन्म: वि० सं० १९२३ भदौ २५ गते
काठमाडौंमृत्यु: वि० सं० १९५३
काठमाडौंकार्यक्षेत्र: लेखन, पत्रकारिता राष्ट्रियता: नेपाली भाषा: नेपाली विधा: गद्य तथा पद्य विषय: कविता, जीवनी, निबंध आदि
Post a Comment