गजल एल्बम लिएर उदाए प्रमोद

काठमाडौ, २१ मंसिर। युवापुस्ताका लोकप्रिय गायक प्रमोद खरेल आफ्नो नयाँ एल्बम रिलिजको तयारीमा छन्। आफ्नो पाँचौ एल्बमका रुपमा ‘सोलो’ गजल एल्बम लिएर देखा परेका प्रमोदले त्यसका केही गजलहरु मिडियामा रिलिज गरिसकेका छन्। तर, एल्बम बजामार आउन भने केही समय लाग्ने प्रमोदले हाम्राकुरालाई बताए।
उनले भने–“एल्बमको विमोचन पुषको पहिलो हप्तातिर हुन्छ, मिडियामा चाँही गजलहरु रिलिज गरें।” प्रमोदले आफ्नो नयाँ एल्बम ‘निर्झरी’ आफ्ना फ्यानहरु माझ पस्किन लागेका हुन्।
एल्बम निर्झरीमा गीतकार शीतल कादम्बिनीको एकल शब्दमा उनको एकल आवाज रहेको प्रमोदले बताए । एल्बममा राम सिटौला, गैरे सुरेश, बसन्त सापकोटा प्रविन बराईली र प्रमोद स्वंयको संगीत सुन्न सकिन्छ।
 एल्बमको एउटा गजलको सुटिङ भईरहेको बताउँदै उनले देशभित्र तथा विदेशको कन्सर्टको तयारीमा समेत ब्यस्त रहेको जानकारी दिए।
Share this article :
 

Post a Comment

More Here»»
More Here»»
More Here»»
More Here»»
 
Support : CHISAPANI NEPAL | MOHAN BIHANI | B.S PRITHAK
Copyright © 2011. गजलका फूलहरु - All Rights Reserved
Template Created by Website Published by Template
Proudly powered by Blogger